जस्टिन र हैलीको बिहे भइसकेको हो?

अमेरिका । सेलिब्रेटीको आधा जिन्दगी चर्चामा आउने कारण त अफवाह पनि हुन् । यसपटक जस्टिन बिबर र हैली बाल्डविनको पनि यस्तै हल्ला छ, जुन हल्लाले सबैलाई चकित बनाइरहेको छ ।

यी दुईले केही समयअघि इङ्गेजमेन्ट गरेका थिए । जुन कुरा उनीहरुले फ्यानहरुमाझ शेयर पनि गरेका थिए । अहिले हल्ला भने के आइरहेको छ भने उनीहरुले बिहे पनि गरेका छन् ।

खासमा कुरा के हो त? खासमा के भएको रहेछ भने यो जोडीलाई केही फ्यानले म्यारिज लाइसेन्स कोर्टको बाहिर देखेछन् । त्यसपछि फ्यान आफैले बिहे भएको अड्कल काट्न थाले । धेरैलाई लाग्यो, यी दुईले गुपचुप बिहे पनि गरे ।

यो वास्तविकता हो कि हल्ला नै हो भन्ने पक्का भएको छैन तर एउटा कुरा के अगाडि आएको छ भने यी दुईले कोर्टका अगाडि बिहे गर्ने कुरासमेत गरेका थिए । न्यूयोर्क राज्यको कानूनअनुुार बिहेको लाइसेन्स लिएपछि ६० दिनभित्र बिहे गरिसक्नुपर्छ ।

जस्टिनले बिहे गरेको हल्ला त चलिरहेको छ तर यो सत्य हो कि होइन भन्ने अझै सार्वजनिक गरिएको छैन ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?