साउदी अरबको न्यूनतम तलब १३ सय रियाल

काठमाडौं । वैदेशिक रोजगारीका लागि साउदी अरब जाने नेपाली कामदारको न्यूनतम ज्यालामा पुनरावलोकन भएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको प्रस्तावलाई हालैको मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको हो ।  ६ वर्ष पछि ज्यालामा पुनरावलोकन गरिएको हो । 

अब साउदी जाने नेपाली कामदारले न्यूनतम ज्याला एक हजार रियाल र खाना भत्ता तीन सय रियालदेखि अधिकतम ज्याला ११ सय रियाल र खानाभत्ता ५ रियाल पाउनेछन् ।

सरकारको यो निर्णयले सबैभन्दा धेरै साउदी जाने अदक्ष कामदार लाभान्वित श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । 

 यस अघि ८ सय न्यूनतम ज्याला र खाना भत्ता २ सय रहेकोमा नयाँ व्यवस्था अनुसार ज्याला १ हजार रियाल र खाना भत्ता ३ सय  नेपाली अदक्ष कामदारले पाउनेछन् ।

 साथै साउदी जाने कामदारको औषधि उपचार, आवास, यातायात, आतेजाते हवाई टिकट रोजगारदाताले नै उपलब्ध पनि मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?