निर्मला बलात्कारपछि हत्या प्रकरण : प्रधानमन्त्री ओली र निर्मलाका बुवाआमाबीच भेटवार्ता हुँदै

काठमाडौं । बलात्कारपछि हत्या गरिकएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्ताका बुवाआमासँग आज प्रधानमन्त्री केपी शर्मा आलीले भेटवार्ता गर्दै छन् । 

घटना भएको करिब ५४ दिनपछि सोमबार प्रधनमन्त्री निवास बालुवाटारमा निर्मलाका बुवा र आमासँग भेट हुन लागेको हो । 

प्रधानमन्त्री ओलीले निर्मलाका बुवा र आमासँग भेटी घटनाका सम्बन्धमा भइरहेको अनुसन्धान र हत्याराको खोजीमा भइरहेका पहल बारे मृतक निर्मलाका परिवारलाई जानकारी गराउने ओलीका प्रेस संयोजक अधिकारीले जानकारी दिए । 

छोरीको हत्याराको पहिचान गरि आफुहरुलाई न्याय दिलाउन भन्दै बुवा यज्ञराज र आमा दुर्गा ६ दिन अघि काठमाडौं आएका थिए । 

सरकारले नै अपराधिलाई सरंक्षण दिएको भन्दै जनस्तरमा आक्रोश बढेपछि सरकारमाथि थप दबाब बढेको छ । 

गत साउन १० गते निर्मलाको बालात्कारपछि  हत्या गरिएको थियो । उनको शव भोलिपल्ट उखुबारीमा भेटिएको थियो ।   

यो नि पढ्नुहोस् :

निर्मला बलात्कारपछि हत्या प्रकरण : गृहमन्त्री र आईजीपीकै मत बाँझियो

‘निर्मलाका निम्ति न्याय’ माग्दै काठमाडौंको माइतीघरमा प्रदर्शन

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?