निर्मला बलात्कारपछि हत्या प्रकरण : निलम्बित ६ प्रहरीको बयान सकियो

काठमाडौं – बलात्कारपछि हत्या गरिएकी १३ वर्षिया बालिका निर्मला पन्तको  हत्या घटना छानबिन गर्न डिआइजीको धिरु बस्नेतको  नेतृत्वमा आइतवार गठित छानविन समितिले सोमवार  छ जना प्रहरीको बयान लिएको छ । 

नेपाल प्रहरीले गठन गरेको छानविन समितिले प्रहरी प्रधान कार्यालय नक्सालमा एक एसपी, दुई डिएसपी, दुई इन्स्पेक्टरसहित ६ जनाको बयान लिएको हो।

निलम्बनमा पर्नेहरु डिएसपी ज्ञानबहादुर सेटी, डिएसपी अंगुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट, एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रमासिंह धामी रहेका छन्।

१६ प्रहरीमाथि अनुसन्धान हुँदै 
 

निर्मला पन्तको घटनाको अनुसन्धानमा संलग्न सबै १६ जना प्रहरीलाई काठमाडौं झिकाएको छ। सो समितिले  घटनाको अनुसन्धानका निम्ती कसको के भूमिका थियो र कमजोरी कहाँ देखियो भन्ने विषयमा अनुसन्धान गर्ने बताईएको छ । 

घटना भएको आज ५४ दिन पुरा भएको छ । झण्डै दुई महिना पुग्न लाग्दासमेत  प्रहरीले घटनामा संलग्नको पहिचान गर्न नसकेको भन्दै प्रहरी संगठनको चर्को आलोचना भईरहेको छ ।

 

घटना भएको आज ५४ दिन पुरा भएको छ ।

झण्डै दुई महिना पुग्न लाग्दासमेत प्रहरीले घटनामा संलग्नको पहिचान गर्न नसकेको भन्दै प्रहरी संगठनको चर्को आलोचना भईरहेको छ ।

यता नागरिक समाज, बुद्धिजीवी, पत्रकार, समाजसेवी लगायत विद्यार्थी र आम नागरिकले सडकमा उत्रिएर चर्को दबाब दिइरहेका छन् भने न्याय माग्न निर्मलाका आमाबुबा काठमाडौँ आएका छन् ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?