भैंसी बेचेर ऋण चुक्ता गर्दै पाकिस्तानी सरकार

एजेन्सी :खर्चमा डुबेको पाकिस्तानको नयाँ सरकारका प्रधानमन्त्री इमरान खानले खर्च कटौतीको नीति अंगीकार गरेका छन् ।

प्रधानमन्त्री खानले यसअघि ७० विलासी कार डाक बढाबढ गरी बिक्री गरेका थिए ।

प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्रीका लागि यसअधि खरिद गरिएका कारहरूलाई उनले बेचेका हुन् ।

पूर्व प्रधानमन्त्री नवाज सरिफले प्रधानमन्त्री कार्यालयमा भैंसी पालेका थिए ।

ती भैंसीलाई बेचेर सो रकम सरकारी कोषमा जमा गर्न प्रधानमन्त्री खानले निर्देश दिएका हुन् ।

यसअघि बेचिएका कारको मूल्य हाल बजार मूल्य भन्दा बढी प्राप्त भएको थियो ।

प्रधानमन्त्री कार्यालयमा ८ भैंसी पालिएको छ ।

यसैगरी मन्त्रिमण्डलका लागि खरिद गरिएका ४ हेलिकप्टर पनि लिलाम गरी बेचिने छ ।

बिक्री गरिएका कारहरूमा मर्सिडिज बेन्जका ४नयाँ मोडल, ८ बुलेट प्रुफ बीएमडब्लु, ३ एसयुभी ५०० सीसी र २ एसयुभी ३०० सीसीका कारहरू रहेका छन् ।

पाकिस्तानको कुल कर्जा गतवर्षको आर्थिक वर्षको अन्त्यसम्म ३० हजार अर्ब रुपैया पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?