कांग्रेस विधान मस्यौदा यस्तो हुनुपर्छ : अर्जुननरसिंह के.सी

'लोकतान्त्रिक पार्टीको आन्तरिक लोकतन्त्र पनि सुदृढ हुनैपर्छ'

काठमाडौँ - नेपाली काँग्रेसले आफ्नो पार्टी विधानलाई राजनीतिक व्यवस्था र राष्ट्रिय अवस्थाअनुरुप बनाउने भनी विधान मस्यौदाको कसरतमा लागेको छ । आगामी मंसिरमा हुने पार्टीको महासमिति बैठकमा प्रस्तुत गरिने भनिएको उक्त विधान मस्यौदा समितिमा हालै आफ्नो विचार मौलिक र प्रभावकारी तरिकाले प्रस्तुत गरेका काँग्रेस नेता अर्जुननरसिंह के.सी.सँग लोकपथ अनलाइनले भेट गरी विधानको स्वरुप र ढाँचा कस्तो हुनुपर्ला भनेर सोधेको छ । प्रस्तुत छ उनै केसीसँग गरिएको कुराकानीको सम्पादीत अंश :

१.प्रारम्भिक मस्यौदाका लागि विधान मस्यौदा समिति र उपसमितिमा छलफल हुँदैछ । धेरै विषयहरूमा सुदूर भविष्यसम्मलाई हेरेर गम्भीर विचार–विमर्श र निस्कर्षमा पुग्न बाँकी नै छ । सबैभन्दा महत्वपूर्ण बहस पार्टीलाई सभापति पद्धतिमा लैजाने कि सामुहिक नेतृत्व प्रणालीमा भन्ने प्रश्नमा छ । कतिपय साथीहरूको दृष्टिकोण सभापतिलाई अझ निर्णायक र सबल बनाउनु पर्छ भन्ने पनि छ । मैले मस्यौदा समितिको बैठकमा केन्द्रीयपदाधिकारी लगायत ८५ प्रतिशत केन्द्रीय सदस्य निर्वाचनबाटै छानिनु पर्छ भन्ने विचार राखेको छु । साथै पदाधिकारी संसदीय समिति र केन्द्रीय अनुशासन समितिका सदस्यहरू पनि महाधिवेशनबाटै निर्वाचित हुनुपर्छ भन्नेमा मेरो जोड छ ।

मैले मस्यौदा समितिको बैठकमा केन्द्रीयपदाधिकारी लगायत ८५ प्रतिशत केन्द्रीय सदस्य निर्वाचनबाटै छानिनु पर्छ भन्ने विचार राखेको छु । साथै पदाधिकारी संसदीय समिति र केन्द्रीय अनुशासन समितिका सदस्यहरू पनि महाधिवेशनबाटै निर्वाचित हुनुपर्छ भन्नेमा मेरो जोड छ ।

***
. पार्टीको १२ औँ महासमिति बैठकमा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले ‘बीपीले तयार गर्नुभएको पार्टी विधानको सभापति पद्धति फेरबदल गर्नु हुँदैन’ भन्ने महासमिति बैठकको उद्घाटन सम्बोधन गर्नुभए पनि मैले ‘लोकतान्त्रिक पद्धति, प्रक्रिया र पारदर्शिता कायम गर्दै सामुहिक नेतृत्व विकास गर्नुपर्ने आजको आवश्यकता हो । तसर्थ सम्पूर्ण पदाधिकारी र ८५ प्रतिशत केन्द्रीय सदस्यहरू महाधिवेशनबाटै निर्वाचित भएर आउनुपर्छ’ भनी त्यसै बेला पनि मैले स्पष्ट रुपमा राखेको थिएँ र आज यसको आवश्यकता अझ बढेर आएको छ ।

***

निर्वाचन पद्धतिबाट मात्र जनप्रिय युवा नेतृत्वको विकास हुन्छ । केन्द्रीय कार्यसमितिको निर्वाचनबाट सशक्त युवा नेतृत्वको निर्माण भएको वास्तविकता हाम्रै अगाडि ज्वलन्त छ ।


३. महामन्त्री र कोषाध्यक्षबाहेक सबै पदाधिकारी, विभागीय प्रमुख र अधिकांश सदस्यहरू सभापतिले मनोनित गर्दा योग्य, लोकप्रिय र औचित्य बोकेका युवा नेता तथा कार्यकर्ताहरू अन्यायपूर्वक पछाडि परिरहेको र जनताका बीचमा क्रियाशील हुनुको सट्टा सभापतिको वरिपरि झुम्मिरहनेहरूले नाजायज तरिकाबाट अवसर पाउँदा एकातिर नयाँ पुस्ताका नेता तथा कार्यकर्तामाथि अन्याय हुने अर्कातिर पार्टीको छवि, संगठन संरचना र लोकप्रियतामा पनि आघात पुग्ने विगतका उदाहरणबाट आज हामीले पाठ सिक्नु जरुरी छ । निर्वाचन पद्धतिबाट मात्र जनप्रिय युवा नेतृत्वको विकास हुन्छ ।

केन्द्रीय कार्यसमितिको निर्वाचनबाट सशक्त युवा नेतृत्वको निर्माण भएको वास्तविकता हाम्रै अगाडि ज्वलन्त छ ।

***
४. देशलाई लोकतान्त्रिक युग दिने र लोकतन्त्रको बाटोमा हिँडाउने नेपाली काँग्रेसले आफ्नो आन्तरिक लोकतन्त्र पनि पारदर्शी, विधिसंगत र सुदृढ बनाएको नमूना बन्न सक्नुपर्छ । मुलुकले संघात्मक व्यवस्था अपनाएको परिप्रेक्षमा विधानलाई सोही ढाँचामा विकसित गर्नुपर्ने अनिवार्यता छ ।

***
पार्टी साविकको जनसमुदायमा आधारित(Mass Based) स्वरुपमा चल्दैआएकोमा परिस्थितिको तकाजाअनुरुप अब जनसमुदायमा आधारितका साथै कार्यकर्तामा आधारित (Cadre Based) पनि बनाउनु पर्छ ।

जनसमुदायमा आधारित भनेर हामीले विगतमा नेताप्रधान राजनीतिक कार्यशैली अपनायौँ, जुन कार्यशैली पञ्चायत कालमा पार्टी प्रतिबन्धित रहँदा संगठनात्मक र संस्थागत गतिविधि निषेध गरिएको अवस्थाबाट बचेर काम गर्नका लागि अपनाइएको रणनीति थियो । अब पनि त्यही तदर्थवादी ढङ्गले पार्टी चलाउन खोज्नु अत्यन्त पुरातन, अलोकतान्त्रिक तथा हास्यास्पद हुन्छ ।

अर्थात लोकतान्त्रिक अभ्यास जनसमुदायमा आधारित र पार्टी संगठनको कार्यशैली कार्यकर्तामा आधारित भयो भने पार्टीभित्र एकता र सुसञ्चारको पद्धति स्थापित हुन्छ । यस्तो पद्धतिमा कार्यकर्ताहरू सुप्रशिक्षित र जिम्मेवार हुन्छन् । जनसमुदायमा आधारित भनेर हामीले विगतमा नेताप्रधान राजनीतिक कार्यशैली अपनायौँ, जुन कार्यशैली पञ्चायत कालमा पार्टी प्रतिबन्धित रहँदा संगठनात्मक र संस्थागत गतिविधि निषेध गरिएको अवस्थाबाट बचेर काम गर्नका लागि अपनाइएको रणनीति थियो ।

अब पनि त्यही तदर्थवादी ढङ्गले पार्टी चलाउन खोज्नु अत्यन्त पुरातन, अलोकतान्त्रिक तथा हास्यास्पद हुन्छ । नेताप्रधान होइन नीतिप्रधान, व्यक्तिप्रधान होइन विचार तथा संस्थाप्रधान पद्धतिले मात्र आजका चुनौतीलाई सामना गर्न सकिन्छ भन्ने मेरो दृढ मान्यता छ ।       


 

Leave a comment