नुवाकोटकी किशोरीमाथि सामूहिक बलात्कार

काठमाडौं । काठमाडौंमा एक युवतीमाथि सामूहिक बलात्कार भएको घटना बाहिर आएको छ ।

नुवाकोट घर भएकी २१ वर्षीय पार्वती (नाम परिवर्तन)माथि सामूहिक बलात्कार भएको घटना बाहिर आएको हो । 

सोमबार बिहानदेखि हराएकी युवती खोजी गर्ने क्रममा बलात्कार भएको प्रहरी अनुसन्धानमा खुल्न आएको छ । बलात्कारको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा नुवाकोटका अर्जुन लामा, रामकृष्ण नगरकोटी र सूर्य राना छन् । 

महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रामदत्त जोशीका अनुसार केही दिनदेखि हराएको भन्ने उजुरी आएकाले खोजी गर्दै जाँदा बलात्कार भएको खुलेको हो 

सोमबारदेखि हराएकी पार्वती साँझसम्मपनि घर नफर्किएपछि उनको खोजीको लागि परिवारले प्रहरीमा उजुरी दिएका थिए । उजुरीसँगै प्रहरीले पार्वतीको खोजी कार्य शुरु गरेको थियो ।  

प्रहरी टोलीले खोज्दै जाँदा पार्वतीलाई स्युचाटारमा रहेको एक होटलमा भेटिएको थियो । पार्वतीलाई मामा पर्ने अर्जुन लामाले उक्त होटलमा पु–याएको प्रहरी बताए । उनीहरूबिच पहिलेदेखि नै चिनजान रहेको प्रहरी अनुसन्धानमा खुल्न आएको छ ।

प्रहरीकाअनुसार अर्जुनले पार्वतीकी आमालाई दिदी बनाएका थिए ।

सोमवार बिहानदेखि रचना उनै मामा पर्ने लामासँगै रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिए । 

सोमबार दिउँसो करिब ४ बजेतिर लामाले होटेलमा खाजा खान भन्दै लगेको थियो । तर, उनलाई  स्युचाटारमा रहेको साधारण होटलमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीले बताए । उनीमाथि सामूहिक बलात्कार हुँदा मामा पर्ने अर्जुन पनि सँगै थिए ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको एसपी जोशीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?