कर्णालीका मुख्यमन्त्री महेन्द्रवहादुर शाही चीन प्रस्थान

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाही ३ सदस्यीय टोली सहित चीन प्रस्थान गरेका छन् । र्नुभएको छ । शाही मुख्यमन्त्री निर्वाचित भएपछिको पहिलो औपचारिक विदेश भ्रमणका लागि चिन प्रस्थान गरेका छन् । मुख्यमन्त्री शाही एअर चाईनाको विमानवाट आज विहान १०ः३० वजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलवाट चीन प्रस्थान गरेका हुन् । 

चीनको सिचुआन प्रान्तका गभर्नर Yin Li को औपचारिक निमन्त्रणामा चीन गएका  मुख्यमन्त्री शाही त्यहाँ हुने 17th Western China International Fair र Belt and Road Development Conference  मा सहभागि हुने कार्यक्रम रहेको छ । मुख्यमन्त्री शाहीको भ्रमण द्विपक्षीय हित र प्रदेशको विकासका लागि अन्तर्राष्ट्रिय लगानीको वातावरण वनाउन केन्द्रीत हुने कार्यवाहक मुख्यमन्त्री नरेश भण्डारीले जानकारी दिए । 

मुख्यमन्त्री शाहीले चिनसंग सिमा जोडिएको कर्णाली प्रदेशको समग्र विकासका लागि चीन सरकारको सहयोगका लागि आव्हान गर्ने वताएका छन् । भ्रमणका क्रममा कर्णाली प्रदेशको लाईफलाईनका रुपमा रहेको हिल्सा जमुनाहा द्रुतमार्ग निर्माणका लागि चाईना हाईवे कम्पनीसंग छलफल गर्ने र प्रारम्भिक सहमति पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । 

सेप्टेम्वर १९ देखि २४ सम्म हुने ६ दिने भ्रमणका क्रममा सरकारी तथा नीजि क्षेत्रसंग द्विदेशीय सिमा नाका निर्माण, जलविद्युत विकास, पर्यटन पूर्वाधार निर्माणका क्षेत्रमा लगानीका लागि आग्रह गर्ने पनि मुख्यमन्त्री शाहीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?