सरकारले डाकेको वार्ता विप्लव नेतृत्वद्वारा अस्वीकार

काठमाडौं । विप्लव नेतृत्वको नेकपाले केपी ओली नेतृत्वको सरकारले गठन गरेको सरकारी वार्ता टोलीसँग वार्ता गर्न अस्वीकार गरेको छ ।

सरकारले असन्तुष्ट पक्षहरुलाई वार्तामा आउन गत भदौ २५ गते आह्वान गरेको थियो । 

सरकारले वार्ताका नाममा नाटक गरेको भन्दै आफूहरु अहिलेकै अवस्थामा सरकारी प्रस्ताव स्वीकार्न नसक्ने नेकपाले जनाएको छ । आफ्ना पार्टीका नेता कार्याकर्तालाई अपहरण शैलीमा हत्कडी लगाएर अर्कोतिर वार्ताको कुरा गर्ने सरकारी नीतिको नेकपाले कडा आलोचना र भत्र्सना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?