चीन भ्रमण पूरा गरी स्वदेश फर्किए प्रचण्ड, को–पुगे विमानस्थलमा स्वागतमा ?

काठमाडौं– नेकपा अध्यक्ष प्रचण्ड आफ्नो चीन भ्रमण पूरा गरी बुधबार राती स्वदेश फर्किएका छन् ।  उनी स्वदेश फर्किँदा विमानस्थलमा महासचिव विष्णु पौडेल, नेताहरु वामदेव गौतम, सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा बादल लगायतका नेताहरु विमानस्थल पुगेका थिए ।

चिनियाँ कम्युनिस्ट पार्टीको विशेष निमन्त्रणामा प्रचण्ड शनिबार चीन गएका थिए ।
चीन भ्रमणको क्रममा अध्यक्ष प्रचण्डले चिनियाँ कम्युनिस्ट पार्टीका उच्च नेतासँग आपसी हित र द्विपक्षीय चासोका विषयमा छलफल गरेका थिए ।

केही दिन पहिले भारत भ्रमणमा  गएका प्रचण्ड सोलगत्तै चीन गएका हुन् ।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?