सरकारले संघीयता कमजोर बनायो – कांग्रेस

काठमाडौं -प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सरकारले संघीयता बलियो बनाउन नसकेको आरोप लगाएको छ । संविधान दिवसको अवसरमा बुधबार कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै सरकार नै संघीयतालाई कमजोर बनाउन उद्यत रहेको आरोप लगाएको हो ।
उसले दुईवटा बाहेकका प्रदेशको नामकरण नहुनु, प्रदेश राजधानीहरुको अन्तिम टुंगो लाग्न नसक्नु, संघीय सरकार र प्रदेश सरकारबीच सहज तादाम्यता स्थापित नहुनुलाई कमजोरीका रूपमा औंल्याएको छ । केन्द्र र प्रदेश सरकारबीचको द्वन्द्व सार्वजनिक रूपमा नै अभिव्यक्त हुनु तथा प्रदेश स्तरमा कुनै पनि निकायको सांगठनिक संरचना विस्तार नगरिनुले सरकार नै संघीयतालाई कमजोर बनाउन उद्यत रहेको कांग्रेसको ठहर छ ।

उपसभापति विमलेन्द्र निधिले कांग्रेसको नेतृत्वमा संविधान जारी भएर कार्यान्वयन अगाडि बढाएको उल्लेख गर्दै यो सरकारले प्रभावकारी बनाउन नसकेको बताए । राजधानी दैनिकमा विस्तृतमा खबर छापिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?