१४ वर्षीया बालिकाको वलात्कार र हत्या रहस्यमै

महोत्तरी–सोनमा गाउँपालिका– ८ सिंग्हासिनीकी १४ वर्षीया कविताकुमारी यादवको बलात्कार र हत्या भएको २३ दिन बितिसक्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन । प्रहरीले पक्राउ गरेर मुद्दा चलाएका पाँचैजनालाई जिल्ला अदालतले सफाइ दिएको छ ।

सिंग्हासिनीका रामएकवाल यादवकी १४ वर्षीया छोरी कविता १२ भदौदेखि हराएकी थिइन् । उनको शव १४ भदौमा गाउँकै रामजानकी कुटीस्थित इनारमा भेटिएको थियो । सो दिन नै प्रहरीले सो ठाउँका रामजीवन राउत कुर्मीलाई पक्राउ गरेको थियो ।

स्थानीयले कवितालाई उनी हराएकै दिन रामजीवनसँग उखुबारीमा देखेको बताएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । कविताका बाबु रामएकवालले रामजीवनले नै हत्या गरेको किटानी जाहेरीसमेत दिएका थिए । नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?