काठमाडौँ–तराई द्रुतमार्ग : डीपीआरका लागि कोरियाली कम्पनी छनोट

काठमाडौँ–कम समय र खर्चमा राजधानीबाट तराई आवतजावत गर्न सकियोस् भन्ने उद्देश्यसहित निर्माण सुरु गरिएको काठमाडौँ–तराई द्रुतमार्ग (एक्सप्रेस–वे) को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न कोरियाको सुसुङ कम्पनी छनोट भएको छ ।
राष्ट्रिय गौरवको आयोजनाका रुपमा पहिलो प्राथमिकतामा रहेको उक्त द्रूतमार्ग निर्माणका लागि चार महिना भित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न कम्पनी छनोट भएको नेपाली सेनाले जनाएको छ ।
द्रूतमार्ग आयोजनाका प्रमुख नेपाली सेनाका उपरथि योगेन्द्रबहादुर खाँणले काठमाडौँ–तराई द्रूतमार्ग निर्माणका लागि दक्षिण कोरियाको सुसुङ कम्पनी छनोट भएको जानकारी दिए । गोरखापत्र दैनिकमा खबर छापिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?