बालिकाको पीडामाथि ठूलाको मोलतोल

दाेलखा-बलात्कृत पाँच वर्षीया बालिका पुरुष चिकित्सकले जाँच्न खोज्दा चिच्याउँदै रुन्छिन । पुरुष देख्दा तर्सने उनलाई महिला चिकित्सकले जाँच्नुपर्छ ।प्रहरीका अनुसार यौन हिंसापीडित बालिकाको स्वास्थ्य सुधारोन्मुख छ तर पुरुषहरू देख्दा तर्सने र रुने गर्छिन । संवेदनशील अंगबाट अत्यधिक रक्तश्राव हुनेगरी बलात्कृत अबोध तिनै बालिकाको नाममा ठूलाबीच मोलतोल भइरहेको छ । घटना छोपछाप गर्न लाखौं रुपैयाँको मोलतोल भइरहेको विषय स्थानीय पूर्व जनप्रतिनिधिदेखि अगुवाहरूले सामाजिक सञ्जालमा राख्दै मेटाउँदै गरिरहेका छन् ।

पाँच वर्षीया बालिका बलात्कार आरोपित दोलखास्थित डिभिजन खानेपानी कार्यालयका प्राविधिक कमल बजगाईँले लुकीछिपी आफन्तलाई पैसाले लोभ्याइरहेको सामाजिक सञ्जाल फेसबुकदेखि छिमेकमा चर्चा छ । घटनाको अनुसन्धान गरिरहेका दोलखा प्रहरी प्रमुख डीएसपी वासुदेव पाठकले बाहिरबाहिर पैसाको मोलतोल गर्न छाडेर कानुनी दायरामा आउनु नै बजगाईँका लागि हित हुने बताए । पैसाको मोलतोल भइरहेको जानकारी आएको बताउँदै उनले भने, ‘बजगाईँले तत्काल कानुनी दायरामा नआए जे पनि हुन सक्छ ।’ कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?