अनुमतिको पर्खाइमा ७ करोड ३९ लाख कित्ता सेयर

काठमाडाैं-नेपाल धितोपत्र बोर्ड (सेबोन) मा ७ करोड ३९ लाख ७२ हजार ४ सय ४० दशमलव ८१ कित्ता सेयर निष्कासन अनुमतिको पर्खाइमा रहेको छ । सोमध्ये ३ करोड ९४ लाख ६३ हजार ४ सय १६ कित्ता आइपिओ रहेको छ भने ३ करोड ४५ लाख ९ हजार २४ दशमलव ८१ कित्ता हकप्रद सेयर रहेको छ । आइपिओ निष्कासन गर्न १७ कम्पनी र हकप्रद निष्कासन गर्न ७ कम्पनीले बोर्डमा आवेदन दिएका छन् । नयाँ पत्रिका दैनिकमा खबर छापिएकाे छ ।

आइपिओ निष्कासन गर्न आवेदन दिने १७ कम्पनीमध्ये १३ जलविद्युत् कम्पनी, २ लघुवित्त कम्पनी, १ इन्भेस्टमेन्ट कम्पनी र एक मर्चेन्ट बैंक रहेका छन् । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि २ लाख कित्ता निष्कासन गर्न गर्जाङ उपत्यका हाइड्रोपावरले २०७३ असोज १४ गते बोर्डमा आवेदन दिएको थियो । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल क्यापिटल लिमिटेड रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?