शैक्षिक प्रमाणपत्र धितो राखेर आजदेखि ऋण लिन पाउने, यस्तो छ कार्यविधि

काठमाडौं । सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाइने व्यवस्था आजदेखि लागू गरेको छ । 

अर्थ मन्त्रालयले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋणमा व्याज अनुदानसम्बन्धी कार्यविधि ल्याएसँगै आइतबारदेखि उक्त कार्याक्रम लागू भएको जानकारी दिएको हो । 

मन्त्रालयले आज सूचना प्रकाशित गरी राष्ट्र बैंकबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थामा ऋणको लागि आवेदन दिनसक्ने जानकारी गराएको छ । 

मन्त्रालयले तयार पारेको कार्यविधिअनुसार शैक्षिक प्रमाणपत्र धितो राखेर दुई प्रकारको ऋण लिन पाइन्छ ।

पहिलो, शिक्षित यूवा स्वरोजगार कर्जा, यसमा शिक्षित यूवाले प्रमाणपत्र र व्यवसाय धितोमा राखेर ऋण लिनसक्ने छन् । कम्तिमा स्नातक पास गरेकाले ऋणका लागि आवेदन दिन सक्छन् । ऋण लिनेको उमेर ४० वर्षभन्दा कम हुनुपर्छ ।

शिक्षित यूवा स्वरोजगार ऋण लिनको लागि विदेशबाट शैक्षिक योग्यता हासिल गरेको भए नेपाली विश्वविद्यालयबाट समकक्षता गराउनु पर्नेछ । ऋण लिनेले घरेलु तथा साना उद्योग कार्यलय, समिति, सीप विकास तालिम केन्द्र, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्लगायत संस्थामध्ये एकबाट कम्तिमा सात दिने उद्यम व्यवसाय गर्ने तालिम लिएको सबैको प्रमाणपत्र पेस गर्नुपर्ने हुन्छ । 

उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा

माध्यामिक वा सो सरह उत्तिर्ण भएका र २५ वर्ष नकटेका यूवाले पनि ऋणका लागि आवेदन दिसक्ने छ । 

उच्च शिक्षा अध्ययनका लागि ऋण लिन नपाइने मन्त्रालयले जनाएको छ । 

विपन्न, सीमान्तकृत समुदाय वा लक्षित वर्गको विद्यार्थीले ऋण लिन पाउने छन् । तर, उनीहरू कलेज अध्ययन गरिरहेको हुनुपर्छ ।

ऋणका लागि योग्य व्यक्तिले बैंक तथा वित्तीय संस्थामा आवेदन दिनु पर्नेछ । आवेदन दिँदा ऋण फाराम, नागरिकता, शैक्षिक प्रमाणपत्रको सक्कल, सीप विकास तालिमको प्रमाणपत्र चाहिन्छ । 
आवेदन दिए २१ दिनपछि बैंक तथा वित्तीय संस्थाले ऋण दिनइसक्नुपर्छ । 

यदि २१ दिन भित्र बैंक तथा वित्तीय संस्थादे ऋण दिन सकने भने कारणसहित आवेदकलाई जानकारी दिनु पर्छ ।

बैंक तथा वित्तीय संस्थाले यसरी लिएको ऋणको ब्याज आफैले तोक्ने छ । तर, बैंकले तोकेको ब्याजमध्ये सरकारले पाँच प्रतिशत ब्याज तिरिदिने छ । यदि १५ प्रतिशत ब्याज भएमा ऋणीले १० प्रतिशतमात्र तिरे पुग्छ ।

सरकारले शिक्षित युवा स्वरोजगार कर्जाको लागि ७ लाख तोको छ भने उच्च शिक्षा अध्ययनका लागि ५ लाख व्यवस्था गरेको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?