विश्व कीर्तिमानी अनन्तराम केसी भन्छन्, ”अब नेपालीले नोबेल पुरस्कारका लागि दाबी गर्न सक्नुपर्छ”

बाल्यकालदेखि नै राम्रो वक्ताको रुपमा चिनिएका नुवाकोट शिवपुरी गाउँपालिका–१ का अनन्तराम केसीले ९० घण्टा दुई मिनेट निरन्तर वक्तव्य दिएर विश्व कीर्तिमान कायम गरेका छन् ।योगसाधक एवं उत्प्रेरक वक्ता अनन्तराम केसीले “विश्वले सम्मान गर्नेछ नेपालीलाई” भन्ने मुल नाराका साथ नेपालीहरुको गौरबपुर्ण इतिहाँस रच्ने उदेश्यले विश्वकै सबैभन्दा लामो प्रवचन दिएर विश्वकिर्तीमानी राखेका हुन् । काठमाडौंको गोकर्णेश्वर नगरपालीका वडा नं ५ जोरपाटी स्थीत इष्टपोल स्कुलमा आयोजित विशेष समारोहका बिच उनले यो रेकर्ड राखेका हुन् । उनको स्थायी ठेगाना नुवाकोट जिल्ला शिवपुरी गाँउपालीका वडा नं १ हो । हाल उनी श्रीमती र छोरीहरुको साथमा काठमाडौं टोखा नगरपालीका वडा नं ११ मा बसोबास गर्छन् । उनले नेपालका ७५ जिल्ला र भारतको ६ प्रान्त गरी १२ हजार ५ सय किलोमिटर पैदलयात्रा गरेका छन् । भन्छन्, ''जीवन अनौठो र रोचक यात्रा हो । उनलाई धेरैले एक अध्यात्मीक साधक, शिक्षक, उत्प्रेरक वक्ताको रुपमा पनि चिन्छन् । यसका अलावा उनले २१ दिन जलउपवास, ६ महिना मौनध्यान साधना, ९ दिन जमिनमुनिको निराहार भुतपश्या लगायत कठोर साधनाहरु पुरा गरिसकेका छन् । ओशो, विकासानन्द, नारायण पोखरेल लगायतबाट प्रभावित अनन्तराम केसीले विभिन्न विषयमा प्रवचन दिने गर्छन् । पछिल्लो समय गिनिज बूकमा नाम लेखाउने नेपालीका रुपमा दरिएपछि अहिले अनन्तराम केसीको चर्चा छ । उनै केसीसँग लोकपथकर्मी अनिता आचार्यले लिएको अन्तर्वार्तालाई यहाँ समेटिएको छ । 

तपाईको परिचयको दायरा निकै फराकिलो छ । के भनेर सम्बोधन गर्दा रुचाउनुहुन्छ ? 
भर्खरै सबैभन्दा लामो स्पीच दिने वक्ता भएर विश्व कीर्तिमान कायम भएकोले विश्व कीर्तिमानी भन्न रुचाउँछु ।

विश्व कीर्तिमानी बन्ने सोच चाहिँ कहिले आयो ? 
म सानो हुँदा राम्रो बोल्न सक्ने सफल वक्ता बन्न चाहन्थेँ । मैले बोल्दा कम्तीमा सहभागीले ‘वाह !’ भनेर ताली पिटुन् भन्ने चाहन्थेँ । बाल्यकालदेखि नै मलाई वक्तित्त्वकलामा औधी रुचि थियो । स्कुलदेखि कलेजसम्मै पनि विभिन्न कार्यक्रममा भाग लिएको थिएँ ।  तर प्रखर वक्ताको रुपमा दरिन मिडिया, राजनीति वा धार्मिक प्रवचनमध्ये कुनै एक प्रमुख माध्यम हो भन्ने मलाई लाग्थ्यो । तर, पहुँच थिएन । मलाई मदन भण्डारी, ओशो, विकासान्द, नारायण पोखरेलजस्ता व्यक्तित्वहरूको प्रवचन सुन्न बस्दा एकोहोरो हुने बानी बसिसकेको थियो । तर राजनीतिज्ञ, पत्रकार वा प्रवचक हुने मेरो पहुँच थिएन । शिक्षण प्रशिक्षणमा ‘स्कोप’ भए पनि यसलाई रेकर्ड राख्ने सोच पछि मात्रै आयो । पछिल्लो समय मैले गुगलमा अनुसन्धान गरेँ । धैरै पछि थाहा पाएँ । गिनिज बुकले स्पीच म्याराथन भनेर रेकर्ड राख्ने रहेछ । ७५ घण्टा ३२ मिनेट अरुले नै रेकर्ड राखिसकेको पाएँ । तर यस रेकर्डको लागि यहाँ समय र नियम पालना गनुपर्ने थियो ।

भनेपछि राम्रो स्रोता पहिले नै हुुनुहुन्थ्यो ? 
राजनीतिक रुपमा स्व. मदन भण्डारीको स्पीच खुबै सुन्थेँ । त्यस्तै आध्यात्मिक आदर्श व्यक्तित्व नारायणप्रसाद पोखरेलको सुन्थे अनि विकासानन्दको पनि उत्तिकै सुन्थेँ । एक सफल वक्ता बन्नका लागि एउटै ‘फर्मुला’ छ । राम्रो वक्ता बन्नको लागि राम्रो स्रोता बन्नु आवश्यक छ । वक्ताको ‘अब्जर्भ’ गर्ने, उसको हाउभाउ, शब्दको प्रस्तुतीकरण आदिको बारम्बार अध्ययन गरिसकेपछि त्यो कला क्रमिक रुपमा आफैमा विकास हुन थाल्छ । 

सामान्य रुपमा तपाईं पहिलेदेखि नै अभ्यास गरिरहनुहुन्थ्यो, हो?
राम्रो वक्ता कसरी बन्ने, कसरी चिनिने भन्ने मलाई सधै लागिरह्यो । तर मसँग माध्यम थिएन । मेरो ‘प्लेटफर्म’ विश्व रेकर्डबाट बन्यो । नेपाल भारतको पैदल यात्राका क्रममा हामीले तयारी गरेका थियौँ  । यो हाम्रो योगाको मिसन थियो । जिल्ला सदरमुकाममा जाँदा त्यहाँ हाम्रो सबैसँग भेट हुन्थ्यो । जिल्लाका प्रमुख अधिकारी, सीडीओ, त्यहाँका बुुद्धिजिवी समाजसेवीहरू सबै मिडियाकर्मीहरूसँग हामीले नेपाल–भारतको पैदल यात्राको  कुरा राख्यौँ ।   

मैले हेटौँडामा १३ घण्टा ३६ मिनेट प्रवचन दिएँ । इलाममा १३ घण्टा ३६ घण्टा ३६ मिनेटसम्म प्रवचन दिएको छु । यी सबै मैले राखेका राष्ट्रिय रेकर्ड हुन् ।

वक्ता बन्ने दौडधुपमा कस्ता कस्ता कठिनाइहरू भोग्नुभयो ?
लामो वक्तालाई सबैभन्दा बढी घाँटीमा जोखिम हुन्छ । टन्सिल, घाँटी सुक्ने, घाँटीको दुखाइजस्ता समस्या निकै झेल्नुपर्छ । यो अवस्थामा बोजो, चामलको दाना, जिरा आदि मुखमा राखेर पनि बोलेँ । 

 इतिहास रच्नका लागि एउटा सूत्र छ । जीवनमा सजिलो र अप्ठ्यारो बाटो छन् भने अप्ठेरो बाटो रोज्नुपर्छ । सजिलो र अप्ठेरोको आफ्नो चक्र छ । गाह्रो पछि अवश्य सजिलो बाटो आउनेछ । 

१३ घण्टा, ३६ घण्टा बोल्दा मलाई यस्तै किसिमको गाह्रो भयो । ३६ घण्टामा पुरै एक दिनको निन्द्रा नै टुट्यो । जबकि, यस्तो अवस्थामा स्मरण शक्ति गुम्ने सम्भावना अत्यधिक हुन्छ । ६३ घण्टा सम्म बोल्दा साह्रै गाह्रो भयो । ८० घण्टामा भनिनसक्नु गाह्रो भयो । ९० घण्टाको त्यो लामो तयारी औषधि, जडिबुटी, नुनपानी, लगायत सम्पूर्णले घाँटीको समस्यालाई कमी गर्न सक्यो । भोजन समयमा नमिल्ने भएकाले बढी जोखिम हुन्छ । भोजन, निद्रा पर्याप्त नहुनु तथा निरन्तर मेहनत गर्दाको परिणाम चुनौतीपूर्ण हुन्छ । यी शारीरिक च्यालेन्जहरू भए । अन्य समस्याहरू पनि आउँछन् ।
यद्यपि इतिहास रच्नका लागि एउटा सूत्र छ । जीवनमा सजिलो र अप्ठ्यारो बाटो छन् भने अप्ठेरो बाटो रोज्नुपर्छ । सजिलो र अप्ठेरोको आफ्नो चक्र छ । गाह्रो पछि अवश्य सजिलो बाटो आउनेछ । 

तपाईं निरन्तर बोलिरहनुभएको थियो । तपाईको नाममा रेकर्ड कायम भयो भनेर कसरी थाहा पाउनुभयो?
सबै घडीहरूमा टाइमटेबल राखिएको हुन्थ्यो । समय हेर्ने टाइम किपरहरू पनि बाहिरबाटै आउनुभएको थियो । इन्टरनेशनल लेभलका निर्णायकहरू हुनुहुन्थ्यो । दुईपटक नै नेपालमै रेकर्ड ग¥यौँ । हामीले  स्तरीय हल भएको जोरपाटीको स्कूल रोज्यौँ । दर्शकहरूको व्यवस्थाका लागि ठूलो टिम खटिएको थियो । उहाँहरू कसैले भोजन व्यवस्थापन, कसैले स्वयंसेवक व्यवस्थापन, कसैले हल व्यवस्थापन गर्नुहुन्थ्यो । दर्शक तथा स्रोताहरूको उल्लेख्य उपस्थिति थियो । दिइएको शीर्षकको आधारमा सही, समय मिलाएर बोल्यो कि बोलेन, स्रोतालाई चित्त बुझ्यो कि बुझेन भन्नेदेखि अति नै सुक्ष्म कुराहरू केलाएर हेर्नुपर्ने हुन्थ्यो ।

यो स्पीचमा सहभागी हुन जाँदा आफ्नो घर परिवारका कसैलाई केही भनेर निस्किनुभयो?
मञ्चमा जाँदै गर्दा मेरी छोरी र श्रीमती साथै थिए । त्यहाँबाट मलाई हलमा लगियो । त्यहाँ ठूलो स्टेज र साथीहरू थिए त्यसपछि कुरा गर्न पाइएन । देखादेख त हुन्थ्यो । स्पीच सकिएपछि चार दिन पछि मात्र भेट भयो । 

बोल्न त बोल्ने तर के बोल्ने कसरी बोल्ने रहेछ त्यहाँ ?
हामीले बोल्दा विषय निश्चित गर्नुपर्छ । म यो विषय यति घण्टा बोल्छु भनेर पहिले नै तय गर्नुपर्छ । मेरो मूख्य विषय १२ वटा थियो । शुरुका दुई घण्टा तिनै विषय या शीर्षकको परिचयका बारेमा थियो । त्यसपछि मेमोरी पावरको । त्यसपछिको १० घण्टा राइट एक्सन भनेर पत्रकारिता, राजनीति, धर्म, समाजसेवा, नेपालका मूल्य–मान्यता, संविधान, इतिहास आदिको विषयमा केन्द्रित रहेर थप १० वटा उप–शीर्षक तयार थियो । योग दर्शन बाट ६ घण्टा, महाभारतबाट ६ घण्टा, कृष्णको १० महाअवतारबारे ६ घण्टा, जीवन दर्शन सम्बन्धि दुई गर्दै चार÷चार वटा मेमोरीमा फोल्डरहरू बनाएँ । म हेल्थको डाक्टर समेत हुनाले स्वास्थ्यका बारेमा ८ घण्टा, आफ्नो बायोग्राफीमा आठ घण्टा बोलेँ । र अन्त्यमा आफूले बोलेका कुराहरूको निष्कर्ष  र अन्त्यमा सबैलाई धन्यवाद दिँदै १७ मिनेटको समापन  मन्तव्य बोलेँ । सबै गरेर ८३ घण्टाको स्पीच बन्यो । ६ घण्टा पैँतालिस मिनेटको रेस्ट ब्रेक रह्यो । कुल जोड्दा ९० घण्टा २ मिनेट भयो । रेस्ट बे्रकले गर्दा यति पुगेको हो ।

स्पीच दिँदा बीच–बीचमा के खानुभयो?
एकदमै तागतिलो खानेकुरा खाएँ । जडिबुटीहरू, कुरिलो, अदुवा, यार्सा, स्पे्रलोना एकदमै शक्ति दिने खालका सबैलाई एकैठाउँमा मिक्स गरेर क्वाटीको रसहरू र जाउलो एकदुई चम्चा बोल्दै खाएँ । स्पीचको नियममा खान पाउने तर स्पीच रोक्न नपाउने भनिएको छ । त्यस कारण आफ्ना श्रोतासँग अन्तक्र्रिया गर्दा र प्रश्नोत्तर गर्दा खाँदै बोल्न सकियो । लामो रेस्ट बे्रकमा अलि कडा खालका खाना खाएर डिप रिल्याक्स गर्न सकिन्थ्यो ।


 

वल्र्ड रेकर्डको टाइम ठ्याक्कै क्रस भयो भन्ने बित्तिकै तपाईंको दिमागमा के आयो ? 
कतिपयले मलाई सुझाव दिएका थिए । शिखरमा पुग्नै लाग्दा औधी गाह्रो हुने भएकोले आफ्नै हिसाबले बोलिरहनु भनेर । मेरा साथीहरू घडी हेरेर शतर्क भएर बसेका थिए । मैले घडी हेरेको थिइन । मेरो ध्यान बोल्नमा नै केन्द्रित थियो ।

मेरो अनुमानमा अझ १६ मिनेट  हामीसँग बाँकी छ भन्ने थियो । तर साथीहरू वल्र्ड रेकर्ड ब्रेक भयो भनेर चिच्याउन थाले । हामीले शुरु गरेकोे चौथो दिनको दिउँसो  ३ बजेर ३२ मिनेटमा मात्र हाम्रो वल्र्ड रेकर्ड ब्रेक भयो । जब साथीभाइ आफन्त र सहभागीले ताली बजाएर हुटिङ गरे म इमोसनल भएँ । त्यो बेलासम्म हाम्रो काम सकियो तर रेकर्ड ब्रेक भएको थिएन । जब गिनिजका प्रतिनिधि आए । सबै अनुसन्धान गरे तब मात्रै रेकर्ड ब्रेक भयो भनेर खुशी भएँ ।

विभिन्न चरणमा मिटिङ भएपछि मात्रै  करीब ७ घण्टा लगाएर मलाई प्रमाणपत्र दिइयो । त्यसपछि मेरी श्रीमती छोरी साथीभाई सबैले यो रेकर्ड ब्रेक गर्न सफल भएको घोषणा गरे यो नै सबैभन्दा खुसीको क्षण रह्यो ।

विश्व किर्तीमान कायम गरेको कति समयपछि आमाले थाहा पाउनुभयो?
एउटा अनौठो प्रसङ्ग छ । आमाले मलाई गाह्रो हुँदा बत्ति निभेर आमाले संकेत पाउनुहुन्छ र खुशी हुँदा अथवा सफल हुँदा अन्य कुनै संकेतमार्फत । पछि आमासँगको कुराकानीका क्रममा आमाले सुनाउनुभएको कुरा अनौठो र रोचक छ । काठमाडौँमा मैले वल्र्ड रेकर्डको लागि बोल्ने केही बेर अगाडिबाटै आमाले अखण्ड बत्ति बालिदिनुभएको थियो । त्यो बत्ति एकदमै राम्रो र धपक्क बल्दै उज्यालो बढाउँदै लगेछ । यही प्रकाशको संकेतले आमाले छोरा सफल भयो भनेर थाहा पाउनु भएछ ।

जम्माजम्मी कति खर्च भयो ?
करीब १२ लाख रुपैयाँ गिनिज प्रतिनिधिलाई खर्चनुपर्यो । टिकेटिङ, बसोबास, घुमफिर, सेवासुविधा, कार्यक्रमको लागि प्रयोग गरिएको क्यामेरा, साउन्ड सिस्टम, सबै हिसाब गर्दा २० लाखदेखि ३० लाख रुपैयाँभन्दा बढी खर्च भएको छ । 

रकम कसरी जुटाउनुभयो ? 
साथीभाइ, इष्टमित्र, व्यक्तिगत अनुरोध, आफन्तबाट जोरजम्मा गरेँ । मैलै नेपालको नाम राख्नलाई गरेको प्रयासमा स्थानीय तहहरू गोर्कर्णेश्वर नगरपालिका, टोखा नगरपालिका मेरो आफ्नै शिवपुरी वडा नं १ आदिले केही गर्छौँ भन्ने प्रतिबद्धता जनाएका छन् । ऋण पनि लिइयो । सहयोगको अपेक्षा गरीरहेका छौँ । 

मलाई श्रीमतीको पूरै समर्थन थियो । नढाँटी भन्दा यस विषयमा मलाई भन्दा उनलाई चिन्ता थियो । हाम्रो वल्र्ड रेकर्ड ब्रेक भयो । मेरा छोरीहरू एकदमै खुसी प्रेमले मलाई हेरिरहेका थिए । मेरा साथीभाइ इष्टमित्र आफन्त सबैले मलाई तिर्न नसक्ने गुन लगाएका छन् ।

श्रीमतीको प्रतिक्रिया कस्तो पाउनुभयो ? 
मलाई उनको पूरै समर्थन थियो । नढाँटी भन्दा यस विषयमा मलाई भन्दा उनलाई चिन्ता थियो । हाम्रो वल्र्ड रेकर्ड ब्रेक भयो । मेरा छोरीहरू एकदमै खुसी प्रेमले मलाई हेरिरहेका थिए । मेरा साथीभाइ इष्टमित्र आफन्त सबैले मलाई तिर्न नसक्ने गुन लगाएका छन् ।

विश्व किर्तिमानी राखिसक्नुभयो, अब त सपना सकियो होला नि?
मेरो सपना कहिल्यै सकिँदेैन, म आफुलाई योद्धा भन्छु । म आफ्नै लागि युद्ध लड्नु छ । आफ्नै लागि जित्नु छ । धेरै पुरुषार्थ गर्न बाँकी छ । जीवनमा मृत्यु त्यतिबेला हुन्छ, जतिबेला च्यालेन्ज गर्न र निरन्तर सिक्न छोडिन्छ ।

अब आउँदो पुस्ताले एकसय एक रेकर्ड राख्दै जानुपर्छ । हिजो नेपाल सगरमाथा, बुद्ध, वीर गोर्खाली आदिको देश भनेर चिनिन्छ तर अब  पुरानो कुरा भजाएर मात्र हँुदैन । नयाँ आफैले थालनी गर्नुपर्छ ।

अबको जीवन कसरी बिताउन चाहनुहुन्छ ?
यो जीवनमा मैले आर्जेको ज्ञान सन्देश दिनका लागि खर्चिन्छु । अब आउँदो पुस्ताले एकसय एक रेकर्ड राख्दै जानुपर्छ । हिजो नेपाल सगरमाथा, बुद्ध, वीर गोर्खाली आदिको देश भनेर चिनिन्छ तर अब  पुरानो कुरा भजाएर मात्र हँुदैन । नयाँ आफैले थालनी गर्नुपर्छ ।
हामीले प्रतिभा क्रान्ति गर्नुपर्छ । गिनिज वल्र्ड रेकर्डमा मात्र नाम राखेर हुन्न अब नोबल पुरस्कारमा दाबी गर्नुपर्छ, वल्र्ड गोल्ड मेडलमा नेपालले दाबी गनुपर्छ । फिफा वल्र्डकपमा नेपाल पनि सामेल हुनुपर्छ । यी यस्तै सन्देशहरू दिनमा र लिनमा मेरो समय खर्चिनेछु ।

अन्तिममा, राष्ट्रमा मूर्धन्य व्यक्तिहरू छन् । तर नेपालमा प्रतिभाको कदर हुँदैन । यसमा के भन्नुहुन्छ ?
पक्कै पनि । सयौँ मध्येको प्रतिभावान् एक म पनि हुँ । प्रतिभावान् मनिसलाई जोगाउने, टिकाउने हो भने उसको संरक्षण र सम्मान आवश्यक छ । किनकि व्यक्तित्व विकासका लागि लामो सङ्घर्ष, त्याग तपस्या र बलिदानीबाट आज सफलता प्राप्त गरेको हुन्छ । त्यसको उचित सम्मान नेपालमा भएको छैन । ब्रेनड्रेन भएका उदाहरण धेरै छन् नेपालमा । यो नेपालको बडो दुर्भाग्यको बिषय हो । तर दोष मात्रै लगाएर पन्छिने अवस्था छैन । 

 दोष मात्र लाउनेहरू युद्ध गर्दै मर्छन्।
दोष मात्र लाउनेहरू युद्ध गर्दै मर्छन् ।।

 आफ्नै दोष देख्नेहरू शुद्ध बन्न सक्छन्।
आफ्नै दोष देख्नेहरू बुद्ध बन्न सक्छन् ।।

***
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?