२३९ वर्षपछि दी हेराल्डले पायो पहिलो महिला सम्पादक

लोकपथ
77
Shares

काठमाडौं । आफ्नो २३९ वर्ष लामो इतिहासमा स्कटल्यान्डको ब्रोडसिट दी हेराल्ड पत्रिकाले पहिलो पटक महिला सम्पादक नियुक्त गरेको छ । पत्रिकाले क्याथरिन सालमोन्डलाई पहिलो महिला सम्पादक नियुक्त गरेको हो । उनले पहिले एडिनबर्ग प्रकाशन गृहबाट नै प्रकाशित हुने अन्य पत्रिका द स्कट्सम्यान र एडिनबर्ग इभनिंग न्युजमा लाइभ समाचार सम्पादकसहित वरिष्ठ भूमिका सम्हालेकी छिन् ।

सालमन्डले डोनाल्ड मार्टिनको स्थान लिनेछिन् । मार्टिनको कार्यकाल यही ३१ अगस्टमा समाप्त हुँदै छ ।

‘उनले भनिन्, ‘दी हेराल्डमा आबद्ध हुन पाउँदा मैले सम्मानित महसुस गरेकी छु र यस नयाँ अध्याय इतिहासमा रोमाञ्चक हुनेमा म विश्वस्त छु ।

उनले अगाडि भनिन्, ‘हामी स्कटल्याण्डको उत्कृष्ट समाचार ब्रान्डहरू मध्येको एउटा अनलाइन र प्रिन्टमा अपेक्षित बलियो, तीव्र, र ऊर्जावान पत्रकारिता प्रस्ताव गर्छौँ भन्ने सुनिश्चित गर्दै पत्रिका र यसका कर्मचारीलाई विजेता बनाउँदै मैले दृढता र जोससहित नेतृत्व गर्नेछु’, उनले भनेकी छिन् ।

‘हाम्रो उद्योगले सामना गरेको दबाबप्रति हामी सबै सचेत छौँ, तर बौद्धिक, दृढ र अगाडि सोच्ने एउटा समूहसहित दि हेराल्डलाई राम्रो तहमा राखिएको छ ।’

न्युजक्वेस्ट स्कटल्यान्डका प्रधानसम्पादक क्यालुम बेयर्डले थपे, ‘यो स्पष्ट थियो की क्याथरिनको महत्वाकांक्षा हाम्रो आफ्नैसँग मेल खान्छ र उनको दृष्टिकोण दिन समूहसँग कसरी काम गर्छिन भन्ने हेर्न हामी उत्सुक छौँ ।’

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?