प्रतिबन्धित औषधि बिक्री गर्ने एक युवती पक्राउ

लोकपथ
147
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका–३ स्थित सामाखुसीबाट एक महिलालाई पक्राउ परेकी छन् । प्रतिबन्धित औषधि बिक्री गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको छ ।

अनुमति बिना सञ्चालित फार्मेसीमा उपत्यका अपराध अनुसन्धान कार्यालयले छापा मारेर फार्मेसी सञ्चालिक सुस्मा थापालाई पक्रेको बताएको छ ।

‘निरुपा फार्मेसी’मा छापा मार्दा फार्मेसी सञ्चालिका गोरखा घर भएकी २९ वर्षीया सुस्माले मेडिकल पर्सन नभए पनि चिकित्सकको सिफारिसमा मात्र प्रयोग गर्न मिल्ने नियन्त्रित औषधि लागूऔषध प्रयोगकर्तालाई बेच्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

फार्मेसीबाट प्रहरीले ट्रामाडोल क्याप्सुल ८ सय १० थान, डिसाइसिओमिन ट्याब्लेट ९ सय ८० थान, डेक्स्ट्रोमेथोराफान २ सय ६५ ट्याब्लेट, स्टागन ट्याब्लेट ५ सय ३१ थान र गाबिक्स ट्याब्लेट १ सय ४२ थान बरामद गरेको छ ।

आरोपीलाई औषधी ऐन–२०३५ अनुसारको कसुरमा कारबाहीका लागि औषधी व्यवस्था विभागमा बुझाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?