काठमाडौं । बेलायतमा एक किसानले विश्वकै सबैभन्दा लामो काँक्रो फलाएका छन् । बेलायतको साउथह्याम्पटनका किसान सेबास्टियन सुस्कीले विश्वकै सबैभन्दा लामो काँक्रो फलाएर विश्व कीर्तिमान कायम गरेका हुन् ।
पोल्याण्डमा जन्मिएका सुस्कीले १ सय १३ दशमलब ४० सेन्टिमिटर लामो काँक्रो फलाएर गिनिज बुकमा नाम लेखाएका छन् । यसअघिको कीर्तिमानधारी काँक्रोभन्दा सेबास्टियनले फलाएको काँक्रो ६ सेन्टिमिटर लामो छ ।
४४ वर्षीय उनले पछिल्लो ७ वर्षदेखि ठूलो आकारका तरकारीहरु फलाउँदै आएको र कीर्तिमानी काँक्रो फलाउने प्रयास यसअघि पनि पटक–पटक गर्दै आएका थिए । उनि मौरीपालक किसान हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया