क्यालिफोर्नियामा डढेलो, हजारौँ मानिसलाई सुरक्षित क्षेत्रमा जान भनियो

लोकपथ
70
Shares
View of a fire forest in La Montanita, in the surroundings of Tegucigalpa on April 25, 2018. / AFP PHOTO / ORLANDO SIERRA

न्युयोर्क । उत्तरी क्यालिफोर्नियामा डढेलो फैलिएपछि त्यस क्षेत्रका हजारौँ मानिसलाई सुरक्षित क्षेत्रमा जान आदेश दिइएको छ ।

१,००० एकडभन्दा बढी क्षेत्रमा फैलिएको डढेलोका कारण सो क्षेत्रका हजारौं मानिसहरूलाई आफ्नो घरहरू खाली गर्न आदेश दिइएको हो । डढेलोबाट धेरै घरहरु जलेर ध्वस्त भएका छन् ।

क्यालिफोर्नियामा यसअघि पनि भीषणा डढेलो लागेको थियो । सन् २०१४ मा डढेलोबाट ३ हजार जनसंख्या भएको विड शहरमा १५० भवन जलेर खरानी भएका थिए ।

विश्वव्यापाी तापक्रममा बृद्धि, खडेरी आदिका कारण डढेलोका घटनामा वृद्धि भएको वैज्ञानिकहरु बताउँछन् । खडेरीले गर्दा जमिनमा चिसोपना घटेको र डढेलो फैलिने जोखिम थप बढिरहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?