पाल्पामा जीप दुर्घटना, ६ घाइते

पाल्पा । पाल्पाको बगनासकाली–८ बराङ्दीमा आज (बुधवार) जीप दुर्घटना भएको छ । दुर्घटनामा परी ६ यात्रु घाइते भएका छन् ।

लु १ ज २०५० नम्बरको जीप बराङ्दीकै ९० वर्षीय नन्दलाल घिमिरेको शव बोकेर राम्दीघाटतर्फ दाहसंस्कारका लागि जाँदै थियो । दुर्घटनामा परी चालक शारदा बस्याल गम्भीर घाइते भएका छन् भने अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेको यतिबेला मिसन अस्पताल, तानसेनमा उपचार भइरहेको छ । जीपमा १४ जना मलामी सवार थिए । घटनाको थप विवरण आउन बाँकी छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?