नेपाल यही सात महिनामा बिग्रेको हो?: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि उठेका विभिन्न टिप्पणीप्रति आपत्ति जनाएका छन् ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर बिहीवार स्वदेश फर्किएका ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै सरकारले सही दिशा पक्रिएर राम्रो काम गरिरहेको समेत दाबी गरे ।

‘अहिलेको बजेटले साउन र भदौमा काम गर्न पायो, बजेट राम्ररी निकास हुन पाएको छैन, यो भएन र त्यो भएन?’, ओलीले प्रतिप्रश्न गर्दै भने, ‘मानौँ, नेपाल गरीब यो सात महिनामा भएको हो, बाटाघाटा यही सात महिनामा बनेनन्, पहिले पिच थिए?’

साथै उनले आफूले नेतृत्व गरेको सरकार पाँच वर्षसम्म चल्ने पनि बताए । मान्छेलाई कहिलेकाहीँ चित्त नबुझ्न सक्ने धारणा राखे । ‘हावा चल्यो, हावामा पात बह्यो भने त्यस्तो राजनीतिको पछाडि कुद्ने होइन ।’, ओलीले भने ।

प्रधानमन्त्री ओली विदेशमा रहँदा नेकपाकै अर्का वरिष्ठ नेता माधवकुमार नेपालले गरेको टिप्पणीप्रति पनि उनले व्यङ्ग्य गर्दै असन्तुष्टि पोखेका थिए ।
 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?