बेलायतकी महारानी एलिजावेथको निधन

लोकपथ
343
Shares

काठमाडौं । बेलायतकी महारानी एलिजावेथको निधन भएको छ । महारानी एलिजावेथ द्वितीयको ९६ वर्षको उमेरमा स्कटल्याण्डको बालमोरल प्यालेसमा निधन भएको हो ।

बकिङ्घम प्यालेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, रानी एलिजावेथको आज दिउँसो बालमोरलमा निधन भएको छ । एलिजावेथपछि प्रिन्स चार्ल्सलाई राजा बनाएको खबर पनि बाहिरिएको छ ।

गत वर्षको अक्टोबरदेखि महारानी एलिजावेथ कतै जान सकेकी थिएनन् । महारानी एलिजावेथ गत वर्ष अक्टोबरदेखि स्वास्थ्य समस्याबाट ग्रसित थिइन्। सन् १९५२ मा बेलायतकी महारानी बनेकी थिइन् । महारानी एलिजावेथ द्वितीयले ७० वर्ष भन्दा बढीशासन गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?