कम्युनिष्ट आन्दोलनका हस्ती जन्माउने प्यूठानको विकास आवश्यक : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्यूठान जिल्लाको ऋणी भएको बताएका छन् । 

शनिबार नेकपाको भातृ संगठन प्यूठान–काठमाडौं सम्पर्क मञ्चले गरेको शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आफू प्यूठान जिल्लाको ऋणी भएको बताएका हुन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले प्यूठानले देशको राजनीतिक र सामाजिक परिवर्तनमा ठूलो योगदान दिएको बताएका छन् । राज्यले प्यूठानको लागि खास काम गर्न नसकेको बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘नेपालको कम्युनिष्ट आन्दोलनका हस्ती जन्माउने प्यूठानको विकासमा अब सबै मिलेर लाग्नुपर्ने बताए ।’ 

‘कमिटीको पनि एकता प्रकृया चाँडै टुंगो लगाउने बताए’ उनले भने, ‘केही शक्तिले हाम्रो एकता दिगो हुन नदिने षड्यन्त्र गरिरहेका छन्, तर हामी उनीहरुको त्यो योजना पूरा हुन दिनेछैनौँ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?