काठमाडौं । अमेरिकी राष्ट्रपति बिल क्लिन्टनमाथि महाभियोग लगाउने विषयमा अनुसन्धानको नेतृत्व गरेका न्यायाधीश केन स्टारको मंगलबार निधन भएको उनको परिवारले घोषणा गरेको छ ।
७६ वर्षीय स्टारको शल्यक्रियापछि जटिलताका कारण टेक्सासको ह्युस्टनमा निधन भएको उनको परिवारले एक विज्ञप्तिमा जनाएको छ ।
स्टारले पूर्वराष्ट्रपति क्लिन्टनले मोनिका लेविन्स्कीसँगकोे सम्बन्धको बारेमा झूटो बोलेका कारण उनीमाथि लागेको महाभियोगको छानबिनको नेतृत्व गरेका थिए ।
क्लिन्टनलाई सन् १९९८ मा तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले महाअभियोग लगाएको थियो । तर, माथिल्लो सदन सिनेटले सफाई दिएको थियो ।
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया