नेपाली जनसम्पर्क समिति अमेरिकाले दियो कांग्रेसको विधान संशोधनका लागि यस्ता टिप्सहरु

 नेपाली कांग्रेसको विधान संशोधन र परिमार्जनका लागि  नेपाली जनसम्पर्क समिति अमेरिकाद्वारा गठित समितिले पत्राचार गरेको छ । 

समितिको सेप्टेम्वर ८ मा सम्पन्न बैठकले मातृ पार्टी नेपाली कांग्रेसको विधान संशोधनका लागि सुझाव तयार गरी पेश गरेको हो ।

समितीले पहिलो खण्डमा पार्टी नेतृत्व र संरचनाका सम्बन्धमा, पार्टीको कुनै पनि तहको एकै पदमा दुई कार्यकालभन्दा बढी रहन नपाइने वैधानिक व्यवस्था गरिनुपर्ने सुझाव दिएको छ ।

त्यस्तै पार्टीको कुनै पनि तहको नेतृत्वका लागि क्रियाशील सदस्यहरु मध्येबाट आन्तरिक निर्वाचन गर्नुपर्ने, क्रियाशील सदस्यहरु मध्येबाट सबैभन्दा बढी मत ल्याउने पहिलो सदस्यलाई पदीय नेतृत्व प्रदान गरिने अनिवार्य वैधानिक व्यवस्था गरिनुपर्ने, पार्टीको केन्द्रीय नेतृत्वमा रहने पदाधिकारी वा सदस्यले विधान अनुसार पदेन बाहेक तल्लो निकायको अन्य कुनै पदमा दावी गर्ने पाउनेछैन भन्ने व्यवस्था उल्लेख हुनुपर्ने, पार्टी सभापति मुलुकको कार्यकारी प्रमूख (प्रधानमन्त्री) रहेको अवस्थामा पार्टी संगठनको कामका लागि पार्टी नेतृत्वको दोश्रो वरियता (उप सभापति) मा रहेको नेतृत्वलाई कार्यवाहक जिम्मेवारी दिइने व्यवस्था गरिनुपर्ने, प्रदेश र संघीय संसदको निर्वाचनमा प्रत्यक्ष र मनोनित र समानुपातिक उम्मेदवार बन्नका लागि पार्टी क्रियाशील सदस्यको रुपमा न्यूनतम पाँच वर्ष काम गरेको हुनुपर्ने, तीनै तह (क्षेत्र,प्रदेश र संघीय संसद) को संसदीय उम्मेदवारका हकमा सम्बन्धित क्षेत्रका क्रियाशील सदस्यहरु मध्येबाट आन्तरिक निर्वाचन प्रक्रियामा पहिलो सबैभन्दा बढी मत ल्याउने सदस्य नै स्वतस् उम्मेदवार हुने वैधानिक व्यवस्था गर्नुपर्ने, प्रत्यक्ष,मनोनित र समानुपातिकका हकमा पनि यही व्यवस्था लागू हुने, यस्तो आन्तरिक निर्वाचन एकै दिन हुने, पार्टीको सभापति,उपसभापति, एक महामन्त्री,सह महामन्त्री, कोषाध्यक्ष लागायतका सबै पदाधिकारी तहमा प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत नेतृत्व चयन गरिने, पार्टीको महासमिति भेला हरेक दुई वर्षमा एकपटक अनिवार्य रुपमा हुने, केन्द्रीय समिति बढीमा १०१ सदस्यीय हुने व्यहोराका बुँदा पहिलो खण्डमा समावेश गरेको छ ।

 
केन्द्रीय समिति बढीमा १०१ सदस्यीय हुने व्यहोराका बुँदा पहिलो खण्डमा समावेश गरेको छ ।

त्यस्तै दोश्रो खण्डमा जनसम्पर्क समितिको सन्दर्भलाई जोडिएको छ । विश्वभर गठित सबै जनसम्पर्क समितिको कार्यकाल तीन वर्षको हुने, विश्वभरका जनसम्पर्क समितिका लागि पार्टीले एकै किसिमको विधान कार्यान्वयनमा ल्याउने, जनसम्पर्क समितिहरुले आन्तरिक विधान तयार गर्दा पार्टीको विधानसंग नबाझिने गरी सम्बन्धित मुलुकको कानुनलाई समेत अवलम्बन गरी निर्माण गर्नुपर्ने, तीन वर्षभित्र समितिको नयाँ नेतृत्व चयनका लागि अधिवेशन भै सक्नुपर्ने, विशेष कारणवश तीन वर्षभित्र अधिवेशन हुन नसक्ने परिस्थितिमा छ महिना अतिरिक्त समय थप गर्न सकिने, थप समयभित्र पनि अधिवेशन हुन नसके त्यस्तो समिति स्वत: भंग हुने, नयाँ अधिवेशनका लागि जनसम्पर्क समन्वय विभागले ६ महिनाभित्र अनिवार्य अधिवेशन सम्पन्न गर्ने गरी एक अधिवेशन तयारी समिति गठन गरी जिम्मेवारी दिने हुनेछ ।

नयाँ अधिवेशनका लागि जनसम्पर्क समन्वय विभागले ६ महिनाभित्र अनिवार्य अधिवेशन सम्पन्न गर्ने गरी एक अधिवेशन तयारी समिति गठन गरी जिम्मेवारी दिने हुनेछ ।

त्यस्तै जनसम्पर्क समितिबाट पार्टी महाधिवेशनमा प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य सम्बन्धित मुलुकको केन्द्रीय अधिवेशनमार्फत निर्वाचन प्रक्रियाबाट चयन गरिने महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यका लागि जनसम्पर्क समितिको अध्यक्ष पदेन रहनेछन् भने महाधिवेशन प्रतिनिधिमा अनिवार्य एक महिला प्रतिनिधि रहने जनसम्पर्क समितिको अध्यक्ष, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य अनिवार्य रुपमा नेपाली मूलको नागरिक हुनुपर्ने, सबै मुलुकमा कांग्रेसको भातृ संगठनको रुपमा नेपाली जनसम्पर्क समिति मात्र रहने, नेपाली जनसम्पर्क समितिका तर्फबाट नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वका लागि दुई जना केन्द्रीय सदस्यको आरक्षित कोटाको व्यवस्था गर्नुपर्ने, जनसम्पर्क समितिका महासमिति सदस्य मध्येबाट उम्मेदवार हुने यस्ता केन्द्रीय सदस्य कांग्रेस महाधिवेशनमा खुला प्रतिष्पर्धाबाट निर्वाचित हुनेछ, सार्क मुलुकका सदस्य राष्ट्र बाहेकका विदेशस्थित सबै मुलुकमा क्रियाशील सदस्यता शुल्कमा एकरुपता कायम गरिने, विश्वभरका जनसम्पर्क समितिका गतिविधिलाई गतिशील बनाई राख्न जनसम्पर्क समन्वय विभागले निरन्तर अनुगमन गर्ने संगठनमा निरन्तर क्रियाशील भै योगदान गर्ने राष्ट्रिय समितिहरुलाई प्रोत्साहनको व्यवस्था गर्ने योगदान, क्रियाशीलताको न्यायोचित मूल्यांकनका लागि विभाग अन्तर्गत सबै राष्ट्रिय समितिहरुको अभिलेख प्रणाली राख्ने व्यवस्था गर्ने र यसका लागि विभाग मातहत पार्टी केन्द्रमा छुट्टै डेस्क-सचिवको व्यवस्था गर्ने, पार्टीको जनसम्पर्क समन्वय विभाग, अन्तरर्राष्ट्रिय सम्बन्ध विभाग,अनुशासन विभाग,प्रचार विभाग, नीति तथा कार्यक्रम विभाग,संगठन विभाग लगायतका महत्वपूर्ण विभागहरुमा विदेशमा रहेर जनसम्पर्क समितिमार्फत योगदान गरिरहेका सम्बन्धित क्षेत्रका विज्ञ,प्रतिष्ठित व्यक्तिहरुको अनिवार्य प्रतिनिधित्व गराउनुपर्ने यस्तो प्रतिनिधित्व जनसम्पर्क समितिको सिफारिशका आधारमा मात्र गर्नुपर्ने, कांग्रेसको विचार,नीति र कार्यक्रमलाई अन्तर्राष्ट्रिय जगतमा प्रचार र प्रवर्द्धन गर्नका लागि र विभिन्न देशका काग्रेस शुभेच्छुक अन्तर्राष्ट्रिय संघ,संगठन बनाउने सुझाव दिएको छ ।

नेपाली जनसम्पर्क समिति अमेरिकाको बैठकको निर्णय अनुसार २३ जनाको बिधान सुझाव समिति गठन गरेको थियो ।

धनन्जय नरसिंह केसीको संयोजकतत्वमा गठित समितीको सदस्य सचिवमा गौतम दाहाल रहेका थिए ।

त्यस्तै सदस्यहरुमा धर्मराज  श्रेष्ठ, केशव वराल,ज्ञानेन्द्र राज कार्की, किलन राई, सुन्दर गुरुङ , गोविन्द लम्साल, मान्ति शाह, लोक लामा, शुभेन्द्र रानाभाट, चन्द्र धिताल, पविता परिवार, गोपाल विश्वकर्मा, परमानन्द खनाल थिए ।

त्यस्तै च्याप्टर सभापतिहरूमा रोशन ढुंगाना, डा. चिरन्जिवि भट्टराई, डा.गणेश भण्डारी, विश्व वाँस्तोला, राजेन्द्र सेन्चुरी थिए ।

समितीको सल्लाहकारमा खगेन्द्र जिसी आङ्गदावा शेर्पा, पशुपति पाण्डे रहेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?