प्रदेश १ का सांसदलाई लोगो वितरण

विराटनगर । प्रदेश १ को प्रदेशसभा सांसदहरुलाई लोगो वितरण गरिएको छ । 

सोमबार प्रदेशसभा सचिवालयले एक कार्यक्रमको आयोजना गरी प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले मुख्यमन्त्री शेरधन राईलाई लोगो लगाइदिए दिएका थिए । त्यस्तै सभामुख भण्डारीलाई मुख्यमन्त्री राईले पनि प्रदेशको लोगो लगाई दिएका थिए । 

त्यसपछि क्रमश सरकारका सदस्यहरु साथै प्रदेश सदस्यहरुलाई सभामुख भण्डारीले लोगो वितरण गरेका थिए ।

लोगो सुनसरी इटहरीका कलाकार विक्रम श्रीले कला भरेका हुन् ।

प्रदेश १ का सदस्यहरूलाई लगाउने लोगोमा महिला र पुरुषका हत्केलामाथि भोजपुरे खुकुरी, त्यसमाथि लालीगुराँसका थुङ्गा अनि त्यसभन्दा माथि धानका बालाले घेरिएको छ ।

त्यसैगरी लोगोमा प्रदेश १ का १४ जिल्लाको बीचमा सप्तकोसी नदी र त्यसको शीरमा सगरमाथा हिमालको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा भएको लोगो बनाइएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?