संविधान विरोधी विखण्डनबादीको गतिविधि सुक्ष्म ढंगले नियाली रहेका छौँ : प्रधानसेनापति थापा

काठमाडौं । नेपाली सेनाले संविधान विरोधी विखण्डनबादी तत्वहरुको गतिविधिलाई सुक्ष्म ढंगले नियाली रहेको जनाएको छ । 

प्रधानसेनापति पूर्णचन्द्र थापाले संविधान विरोधी विखण्डनबादी तत्वहरुले ल्याउन सक्ने सम्भावित सुरक्षा चुनौतिलाई नेपाली सेनाले सुक्ष्म ढंगले नियाली रहेको बताएका हुन् । 

बिहीवार सैनिक जंगी अड्डा भद्रकालीमा पत्रकार सम्मेलन गरी उनले संविधानले सुम्पेको जिम्मेवारी पूरा गरी राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता सुनिश्चित गर्नु नेपाली सेनाको परम कर्तव्य भएको उल्लेख गर्दै त्यसमा साथ दिन पनि सबैलाई आह्वान गरेका छन् ।

त्यस अवसरमा प्रधानसेनापति थापाले राष्ट्र निर्माण र विपद् व्यवस्थापनमा नेपाली सेनाले खेल्दै आएको भूमिका आगामी दिनमा अझै विश्वसनीय बनाउँदै लैजाने प्रतिवद्धता पनि व्यक्त गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?