४० हजार घुससहित प्रमुख जिल्ला शिक्षा समन्वय अधिकारी साह पक्राउ

वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्जबाट शिक्षा विकास तथा समन्वय इकाइ पर्साका प्रमुख जिल्ला शिक्षा समन्वय अधिकारी घुससहित पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित कार्यालयको टोलीले शिक्षा विकास तथा समन्वय इकाइ पर्साका प्रमुख जिल्ला शिक्षा समन्वय अधिकारी लालबाबु प्रसाद साहलाई ४० हजार घुस रकमसहित पक्राउ गरेको हो ।

साहलाई अख्तियारले वीरगञ्ज–१४ चिनीमिल स्थित क्वार्टरबाट पक्राउ गरेको अख्तियारले जनाएको छ ।

पर्साको जगरनाथपुर गाउँपालिका वडा नं ३ विजबनियामा रहेको श्री नेरा माविको निर्माणाधीन भवनको तेस्रो किस्ता निकासाका लागि साहले घुस रकम मागेका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?