पार्टी उपचुनावको लफडामा फस्दैन : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी उपचुनावको लफडामा नलाग्ने बताएका छन् । 

शुक्रबार आलापोटमा आयोजित दशैँको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । 

‘हिजो स्वयंम वामदेवले म चुनाव लड्दिन भन्नुभएको छ’ अध्यक्ष प्रचण्डले भने, विकास निर्माण छाडेर चुनावको लफडामा नलाग्ने भन्नुभएको छ, कुरा सिद्धियो ।’

सांसद रामवीर मानन्धरले राजीनामा दिएका काठमाडौं ७ मा नेकपाका नेता वामदेव गौतम चुनाव लड्ने तयारी थिए तर चैतर्फी आलोचना भएपछि गौतम पछि हटेका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?