नेपाल र कुवेतबीच श्रम सम्झौता हुने

काठमाडौं । नेपाल र कुवेतबीच श्रम सम्झौता हुने भएको छ । कुवेतले नेपालसँग श्रम सम्झौता गर्न चाहेको कारण कुवेतका श्रम मन्त्री नेपाल आउने भएका छन् ।

केही समयदेखि घरेलु कामदारको श्रम स्वीकृति रोकिएको सन्दर्भमा छलफल गर्न कुवेतका श्रम मन्त्री अर्को महिना नेपाल आउने भएका हुन् ।

मलेसियासँग श्रम सम्झौताको मस्यौदामा सहमति जुटेसँगै श्रममन्त्री गोकर्ण विष्टले अन्य देशसँग पनि पहल शुरु भएको हो । कुवेतले नेपालसँग श्रम सम्झौता गर्न चाहेको छ ।

कुवेतमा ३० हजार भन्दा बढी नेपाली महिला घरेलु कामदारका रुपमा कार्यरत छन् । तर, नेपालमा श्रम स्वीकृति बन्द भएपछि उनीहरु आउन पाएका छैनन् । घरेलु कामदारको श्रम स्वीकृति रोकिएपनि अवैध बाटोबाट नेपाली महिला कुवेत गइरहेका छन् ।

श्रममन्त्री गोकर्ण विष्टले दुई पक्षीय सम्झौताबाट नेपाली महिलाहरुको सम्पूर्ण सुरक्षा हुने गरिमात्र श्रम स्वीकृति खुलाइने बताएका छन् ।

यही विषयमा छलफल गने कुवेतका श्रम मन्त्री नेपाल आउन लागेको श्रम मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?