ओखटेपहार सहित दुई पक्राउ

काठमाडौं  । काठमाडौं महानगरपालिका–१६ बालाजुबाट संरक्षित वन्यजन्तु सालकको छाला सहितको खपटा (आखेटोपहार) सहित प्रहरीले दुईजना जनालाई पक्राउ गरेको छ । 

प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको टोलीले रामेछाप दोरम्बा गाउँपालिका–२ का १९ वर्षीय देवराज श्रेष्ठ र दोलखा सैलुंग गाउँपालिका–१ का २८ वर्षीय ज्ञानबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट सालकको खपटा ओसार पसार गरी खरिद बिक्री गर्न बोकी ल्याएको अवस्थामा एक किलो एकसय ग्राम ओखटेपहार बरामद गरेको छ ।

पक्राउ दुवै जनालाई आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय, हात्तीसार काठमाडौंमा बुझाएको प्रहरीले जनाएको  छ  ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?