महिला हिंसाका ७० प्रतिशत घटनाको मुख्य कारण मदिरा : गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले महिला हिंसाको मुख्य कारण मदिरा भएको बताएका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले नेपालमा ७० प्रतिशत महिला हिंसाका घटना मदिराका कारण हुने गरेको बताएका हुन् । त्यसका लागि मदिरा नियन्त्रण गर्नुपर्छ निश्कर्षमा गृहमन्त्रालय पुगेको बताए ।

त्यस्तै मदिरा नियन्त्रण र बलात्कार, महिला हिंसा जस्ता घटना न्यूनीकरण गर्नका लागि युवाहरूलाई परिचालन गर्नुपर्ने बताउँदै उनले हिंसा न्यूनीकरण र समाजवादको यात्रालाई आन्दोलनकै रुपमा अगाडि बढाउनुपर्ने आवश्यक रहेको बताए ।

त्यस्तै फरक प्रसंगमा गृहमन्त्री थापाले हिजोका पराजित तत्वहरु फेरि द्वन्द्व फैलाउने कार्य गरिरहेको पनि बताए ।  

‘हिंसा फैलाउन खोजिरहेका छन्, नेपाललाई टुक्र्याउन खोज्ने तत्वहरु छन्’ उनले भने । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?