बारामा ५ वर्षीय बालकको अपहरणपछि हत्या

बारा । बारामा ५ वर्षीय बालकको अपहरणपछि हत्या भएको छ । 

बाराको सिम्रौनगढ नगरापलिका वडा नं. ३ नयका टोल बस्ने धनेश्वर राय यादवका ५ वर्षीय छोरा गुल्लु (दीपक) यादवको अपहरणपछि हत्या भएको हो । 

असोज २४ गते बेलुकीबाट हराएका दिपकको शव गएराति गाउँ नजिकै फेला परेको प्रहरीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेकाो जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक मिरा चौधरीले जानकारी दिइन् । 

बालकको अपहरणको आरोपमा स्थानीय दुई युवकलाई पक्राउ गरिएको छ । 

पक्राउ पर्नेमा हरेन्द्र कुशवहा र श्यामसुन्दर बैठा रहेका प्रहरीले जनाएको छ । उनीहरुले बालकका बुबा धनेश्वरसँग १० लाख फिरौती माग गरेका थिए । 

बालक दीपक असोज २४ गते नजिकैको रनीवासमा हजुरबुबासँग मेला हेर्न गएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?