जनकपुरमा काकाबाटै १० वर्षीया बालिकाको बलात्कारपछि हत्या, आरोपी सार्वजनिक

जनकपुर । धनुषाको औरहि–२ परवाहामा १० वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । 

प्रहरीले आइतबार विनोद मुखिया र नधुनि पण्डितलाई पक्राउ गरेको हो । उनीहरु नातामा बालिकाको काका पर्ने हुन् ।

धनुषाको परवाहामा १० वर्षीयाका मनिका यादवको बलात्कारपछि हत्या गरेर धानखेतमा फ्याँकिएको थियो । 

प्रहरी उपरीक्षक गोविन्द थपलियाका अनुसार चाउचाउ र १० रुपैयाँ दिएर दुवैजनाले बालिकाको बलात्कार गरेको प्रहरी अनुसन्धानमा देखिएको छ ।

मदिरा सेवन गरी मेला हेर्न आएकी बालिकालाई फकाएर बलात्कार गर्ने योजना दुवै जनाले बनाएको अनुसन्धानमा देखिएको उनले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?