पर्यटकको पर्खाइमा बेसी बजारका ‘होमस्टे’

 काठमाडौँ। पहाड र मधेशको सङ्गमस्थल ‘बेँसीबजार’ पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रुपमा चर्चामा आएको छ । 

ग्रामीण परिवेश र प्राकृतिक सौन्दर्यका कारण बेँसीबजारको ‘होमस्टे’ले धनकुटाको नाम्जे र लमजुङको घलेगाउँ जतिकै प्रख्याति पाउने सम्भावना छ ।

काँकडभिट्टाबाट १५ किलोमिटर उत्तरमा अवस्थित बेँसीबजार झापाको मेचीनगरको वडा नं ३ र इलामको रोङ–५ मा पर्छ । ग्रीनभिलेज होमस्टेमा आबद्ध यहाँका नौ वटा घरले पर्यटक पर्खिरहेका छन् । 

सामाजिक अगुवा बृहस्पति खतिवडाका अनुसार देवानका अन्तिम राजा मधेशी हिलिहाङको दरबार र सैनिक अखडाको भग्नावशेष बेँसीबजार नजिकै देवानगढीमा भेटिएको छ । 

ढुङ्गाका दुर्ग, सेनाको टुँडिखेललगायतका पुरातात्विक महत्वका वस्तु फेला परे पनि हालसम्म यसको आधिकारिक अनुसन्धान हुन सकेको छैन ।

बहुवन सामुदायिक वनबाट देवानगढी हुँदै भाषाशास्त्री महानन्द सापकोटाको शालिक रहेको देवानछापसम्मको चार किलोमिटर लामो ‘महानन्द पदमार्ग’ समेत पहिल्याइएको छ । 

बेँसीबजारमा अग्र्यानिक खानेकुरा पाइन्छ । चरा, मृग र मयूरको स्वर्ग नै मानिने यो ठाउँ दृश्यावलोकनका लागिसमेत उपयुक्त रहेको ग्रीन जेनेरेसन झापाका अध्यक्ष अर्जुन कार्की बताउछन् । 

मेचीनगर नगरपालिकाले नगर क्षेत्रमा रहेका पर्यटकीयस्थल पहिचान गरेर त्यसको सम्वद्र्धन र प्रवद्र्धन गर्नका लागि तत्काल कार्ययोजना तयार गरेर काम अघि बढाउने नगर उपप्रमुख मीना उप्रतीले  बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?