७ सय ५० हिराका टुक्रा जडित श्रीपेच सार्वजनिक

काठमाडौं । राजाहरुले लगाउने श्रीपेच आज सार्वजनिक भएको छ । 

तत्कालीन राजाहरुले पहिरने श्रीपेचमा ७ सय ५० वटा हिराका टुक्रा छन् भने टायरामा २ हजार ७ सय टुक्र छन् । श्रीपेचको पछिल्तिर झुण्डिने आकर्षक कल्ली भने ‘वर्ड अफ प्याराडाइज’ नामक चराको पुच्छर हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नारायणहिटी दरबार संग्राहलयमा रहेको श्रीपेचलाई सर्वसाधारण जनताका लागि सार्वजनिक गरेका हुन् ।

अब संग्राहलय भ्रमण गर्ने सर्वसाधारणले यो श्रीपेच हेर्न सक्नेछन् । 

विशेष सुरक्षाका साथ बुलेट प्रुफ सिसाको सोकेसमा श्रीपेच सार्वजनिक गरिएको हो । योसँगै  राजदण्ड, तत्कालीन रानीको मुकुट, तरबारलगायतका सामग्री राखिएको छ ।


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?