शाखा अधिकृत पदको अन्तिम नतिजा प्रकाशित (नामावली सहित)

काठमाडौं । लोकसेवा आयोगले राजपत्रांकित तृतिय श्रेणी (अप्राविधिक) शाखा अधिकृत र सो सरह पदको अन्तिम नतिजा प्रकाशन गरेको छ । 

शाखा अधिकृत र सो सरह पदको लागि गत वर्ष २०७४ माघमा लिएको प्रथम चरणको र चैतमा लिएको दोस्रो चरणको परीक्षामा अन्तिम नतिजा प्रकाशित भएको हो ।  

लिखित परीक्षाबाट अन्तर्वार्ताको लागि छनौट भएका ४ सय ९३ जना उम्मेदवारहरुको गत भदौ १ देखि ९ गतेसम्म सूचना प्रविधि सीप परीक्षण परीक्षा र १८ देखि असोज २६ गतेसम्म सामूहिक परीक्षण र अन्तर्वार्ता सञ्चालन भएको थियो ।

न्याय सेवामा माग पद संख्या ८६ (न्याय समूहमा ४८, कानून समूहमा १० र सरकारी वकिल समूहमा २८) रहेकोमा यस वर्ष ६१ जना उम्मेदवारहरु सिफारिस भएका छन् । सिफारिस भएका उम्मेदवारहरुमध्ये न्याय समूहमा ३५ जना, कानून समूहमा ८ जना र सरकारी वकिल समूहमा १८ जना छनौट भएका छन् । 

शाखा अधिकृत र सो सरह पदको अन्तिम नतिजा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?