साढे ३३ किलो सुन काण्ड : श्रेष्ठलाई दशैँपछि मात्र अदालत उपस्थित गराइने

विराटनगर । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्ड आरोपी बेनु श्रेष्ठलाई दशैँपछि मात्र अदातल उपस्थित गराईने भएको छ ।

अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल)को सहयोगमा दुबईमा पक्राउ परेका श्रेष्ठलाई काठमाडौं हुँदै सोमबार बेलुका विराटनगर ल्याइएको थियो ।

दशैँका कारण अदालतको नियमित काम कारबाही बन्द भएकाले श्रेष्ठलाई दशैँपछि मात्र अदालत उपस्थित गराईने जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।
उनलाई हाल जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखीएको छ । 

श्रेष्ठलाई प्रतिवादीको रुपमा अदालतमा पेश गरिसकेकाले अदालत खुल्नासाथ उनीमाथीको वयान शुरु हुनेछ । 

श्रेष्ठविरुद्ध गत असारमा रेड कर्नर नोटिस जारी गरेको थियो । उनीसँगै सुन तस्करीका मुख्य लगानीकर्ताका रुपमा रहका मोहनकुमार अग्रवाल, मुख्य आरोपी चुडामणि उप्रेतीका भाई रमेश उप्रेती, हरिशरण खड्काको नाममा समेत रेड कर्नर नोटिस जारी गरेको थियो ।

सुनसरी इटहरी उपमहानगरपालिका–६ का ३२ वर्षीय श्रेष्ठ दुबईमा बसेर चुडामणि उप्रेती (गोरे) सहितको समूहलाई सुन तस्करीमा सहयोग गर्दै आएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?