इरानको सरकारी टेलिभिजन समाचार प्रसारणमा ह्याक

लोकपथ
21
Shares

तेहरान । इरानको राज्य–सञ्चालित टेलिभिजन लाइभ प्रसारणमा ह्याक भएको छ । शनिवार समाचार प्रसारण भइरहँदा देशका नेताविरुद्ध विरोधसहित समाचार बुलेटिन अवरुद्ध भएको थियो ।

लाइभ समाचार प्रसारण हुँदा टेलिभिजनको स्क्रिनमा एक मास्क देखा परेको थियो । त्यसपछि सर्वोच्च नेता अली खामेनीको तस्बिर उनको वरिपरि आगोको मुस्लो देख्न सकिन्थ्यो ।

महसा अमिनीको मृत्युलाई लिएर देशमा सुरक्षा बल र प्रदर्शनकारीबीच झडप हुँदा कम्तिमा तीन जनाको गोली हानी हत्या भएको छ । अमिनीलाई कपाल राम्ररी नढाकेको आरोपमा नैतिकता प्रहरीले तेहरानमा पक्राउ गरेको थियो ।

२२ वर्षीया इरानी कुर्दको पक्राउ परेको तीन दिनपछि अर्थात १६ सेप्टेम्बरमा हिरासतमै मृत्यु भएको थियो । उनको मृत्युपछि देशव्यापी अभूतपूर्व विरोध प्रदर्शन भएका छन् । स्थानीय समयअनुसार शनिवार ६ बजे समाचार बुलेटिन प्रसारण हुँदा ह्याक भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?