योग मानवजीवनका लागि अपरिहार्य : शिक्षामन्त्री पोखरेल

महोत्तरी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले मानवजीवनका लागि योग अपरिहार्य भएको बताएका छन् ।  

बर्दिवास नगरपालिकाले आयोजना गरेको सात दिने योग शिविरको उद्घाटन गर्दै उनले भने, “योगले मानवको मन र शरीरलाई जोड्ने काम गर्छ ।” 

मन्त्री पोखरेलले बुद्ध र पतञ्जलीको उपदेशलाई मनन गरी अगाडि बढ्ने हो भने मानिस निरोगी भई उपचार खर्चमासमेत कटौती गर्न सकिने बताउँदै “स्वस्थ्य र अनुशासित व्यक्तिको निर्माणका लागि योगले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यसलाई स्थानीय सरकारले विकास निर्माण जस्तै प्राथमिकतामा राख्नुपर्छ”, भने । 

बर्दिवास नगरपालिका प्रमुख विदुरकुमार कार्कीले नगर क्षेत्रमा अभियानका रुपमा योग शिविर सञ्चालन गर्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?