अध्यक्षले मनपरी गरेको भन्दै वडा कार्यालयमा तालाबन्दी

डोटी । डोटीका अध्यक्षले मनोमानी गरेको भन्दै शिखर नगरपालिका वडा नं. ५ तिजालीमा स्थानीयले तालाबन्दी गरेका छन । 

वडा अध्यक्षले उपभोक्ता समिति नै गठन नगरे तिजालीका सडकको मर्मत सम्भारको काम सुरु गरेकाले तालाबन्दी गरिएको स्थानीय रामबहादुर बोहराले बताएका छन् । 

उपभोक्ता समिति गठन गरी काम गर्नु पर्ने नियम लत्याउँदै डोजर लगाएर काम गराउनु गैर कानुनी भएकोले संघर्ष गर्नु परेको उनीहरुले बताएका छन । कसैसँग पनि छलफल नगरी अध्यक्षले ५ लाख ५० हजार बराबरको रकम एकलौटी रुपमा जोडर ल्याएर काम शुरु गरेकाले तालाबन्दी गरेको संर्घष समितिका संयोजक रामबहादुर बोहराले  बताएका छन् । 

दशैँमा बाटो खोल्न हतार भएका कारण उपभोक्ता समिति गठन नगरेरै काम गर्ने सल्लाह भएको शिखर नगरपालिका वडा नं. ५ तिजालीका अध्यक्ष पदम बोहराले बताएका छन् । सबै स्थानीयसँग छलफल गर्दा पहिला सडक खोलौै उपभोक्ता समिति बिस्तारै गरौँला भनेको वडा अध्यक्ष बोहराले दाबी गरेका छन् । तिजाली भित्र रहेका वर्षाको समयमा बिग्रीएका भत्कीएका ६ वडा बस्तीसम्म जाने सडक सरसफाई गर्नका लागी काम भैरहेको वडा कार्यालयले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?