दशैंको शुभकामना दिँदै राजनीतिक दलविरुद्ध यसरी खनिए ज्ञानेन्द्र

काठमाडौं–पूर्वाराजा ज्ञानेन्द्र शाहले विजया दशमीको अवसरमा देश भित्र र देश बाहिर रहे बसेका सबै नेपालीहरुमा शान्ति, सूख र सम्वृद्धिको लागि शुभकामना व्यक्त गर्दै मौलिक धर्म, संस्कृति र चाडपर्वहरु निरन्तरता दिन आह्वान गरेका छन् ।

शुभकामना सन्देशमार्फत उनले राजनीतिक अवस्थाप्रति कटाक्ष पनि गरेका छन् ।
नेपाली जनताले देश बन्ने र बनाइने सपना देखेका भएपनि त्यो पूरा हुन नसकेको भन्दै उनले राजनीतिक दलप्रति कटाक्ष गरेका हुन् ।
 राजनीतिक परिवर्तनको नाममा समेटिएका असामयिक तथा असान्दर्भिक कार्यसूचीहरुका कारण अहिले देश कसरी बचाउने भन्ने अवस्था आएको पूर्वराजाको दाबी छ ।
शाहको शुभकामना सन्देशमा   हरेक उपलव्धिहरु परिवर्तन हुने भएपनि  हरेक परिवर्तनहरु उपलव्धिमूलक बन्न नसक्ने भन्दै अहिलेको राजनीतिक अवस्थाप्रति असन्तुष्टि पोखेका छन् ।
नेपालीबीचको सामाजिक सद्भाव मेटिदै गएको तथा तराई, पहाड र हिमाल माझको एक्यभाव तोड्ने प्रयत्न समेत भइरहेको दाबी गर्दै शाहले  अव समीक्षा र आत्मूल्यांकनको घडी आएको आएको बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?