बलात्कार सम्बन्धी उजुरीमा हदम्याद बढाइनु अवैज्ञानिक : घिमिरे

लोकपथ
14
Shares

काठमाडौं । सरोकारवालाहरुले बलात्कारको घटनामा उजुरी दिने हदम्याद बढाइनु अवैज्ञानिक भएको धारणा राखेका छन् । मंगलवार सार्वजनिक प्रतिरक्षक समाज नेपालले आयोजना गरेको ‘बालबालिका तथा विपन्न वर्गको न्यायमा पहुँचः समाजशास्त्रिय दृष्टीकोण’ विषयक अन्तरक्रियामा बोल्दै पूर्वसरकारी वकिल तथा हाल कानून विषयमा प्रध्यापनरत राम घिमिरेले बलात्कारको घटनामा हदम्याद बढाइनु अवैज्ञानिक भएको बताएका हुन् ।

उनले कसैले माग गरेको भरमा राजनीतिक तहले झुकेर हदम्याद बढाउनु नहुने तर्क गरे । हदम्याद क्षमता, पहुँच र अवसर नभएकाहरुका लागि हुनुपर्ने भएपनि पहुँच हुनेहरुले नै दुरुपयोग गरेको घिमिरेले उल्लेख गरे । हदम्याद बढाइएका कारण निश्चित मानिसहरु अन्यायमा परेको उनको भनाइ छ ।

उनले कसैले जाहेरी लिएर आएमा पहिले जाहेरीको सत्य, तथ्य बुझेर मात्रै दर्ता गर्नुपर्ने बताए । जाहेरी दिए बापत सजाय नहुने र पक्राउ गरिहाल्नुपर्ने भएको हुँदा झुटो जाहेरी आउने गरेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?