राजधानीमा नक्कली नोट छाप्ने गिरोह पक्राउ सक्रिय रहेकाे खुलासा

काठमाडौं-नक्कली नोट छाप्ने गिरोहका ५ जनालाई नेपाली नक्कली नोट छाप्ने मेसिन, नेपाली नक्कली नोट र सोको लागि प्रयोग हुने विभिन्न सामाग्री सहित कीर्तिपुर नगरपालिका-४ स्थित मच्छेगाउँबाट शनिबार प्रहरीले पक्राउ गरेको छ ।

 पक्राउ पर्नेहरुमा काठमाडौं कीर्तिपुर नगरपालिका-४ मच्छेगाउँ डेरा गरी बस्ने पर्सा पर्सागढी नगरपालिका-३ का २७ वर्षीय ईन्द्रवहादुर श्रेष्ठ, सोही ठाउँ डेरा गरी बस्ने गोरखा शहिद लखन गाउँपालिका-८ का २५ वर्षीय नारायण श्रेष्ठ, काठमाडौं मुलपानी बस्ने मकवानपुर हर्नामाडी-९ का २५ वर्षीय साहिल थापामगर, काठमाडौं वौद्ध जोरपाटी बस्ने पर्सा विरुवागुठी-३ का २८ वर्षीय राज श्रेष्ठ र काठमाडौं कुमारीगाल बस्ने कागेश्वरी मनहरा-११ का २९ वर्षीय विकास दोचे रहेका छन् ।

नेपाली नक्कली नोटहरु छापी बजारमा वितरण तथा प्रयोग भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुबाट नक्कली नोट ३ लाख ७० हजार रुपैयाँ, पैसा छाप्ने मेसिन १ थान, सोको मसी २ वट्टा, पैसा छाप्न प्रयोग हुने पेपर २ वण्डल, मोबाइल ४ थान, लालिगुँरास अंकित रबर छाप, नक्कली पैसा बनाउने प्रयोग भएका सक्कली १ हजारका नोट ३ थान र १ सयका नोट ३ थान, पैसा वण्डल वनाउन प्रयोग गरिने गोर्खा फाईनान्सको ट्याग १२ थान र एनआईसी वैंकको नक्कली चेक समेत प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?