मोडर्न कन्या कलेज : जहाँ पूर्णिमाको दिन छात्राहरुलाई दशैँटिका लगाइन्छ

घटस्थापनादेखि शुरु भएको बडादशैँ पूर्णिमासँगै सकिएको छ ।

यस वर्ष असोजको शुरुवाती दिनदेखि नै बढेको चिसो मौसम, घटस्थापनादेखि नै उज्यालो आकाशमा देखिएका रङ्गीविरङ्गी चङ्गा र सार्वजनिक स्थानमा मच्चिएका पिङले दशैँको आभाष दिइरहेको थियो ।

यद्यपी यस वर्षदेखि सरकारले दशैँको बिदा कटौति गरेका कारण सरकारी संस्थाजस्तै स्कुल कलेज पनि फूलपातीको दिनदेखि मात्रै बिदा भए ।

बडादशैँ, तिहार, नेपाल संम्वत् र छठ पर्व एकै समयमा पर्ने भएकोले सबैजसो विद्यालय तथा कलेजले आफ्नो शैक्षिक क्यालेन्डरमा नै एक महिना बिदा तोक्छन् । 

विदेशिएकाहरु झिटिकुटा बोक्दै विमानस्थल ओर्लिरहँदा, पढाइको सिलसिलामा शहर आएकाहरु गाउँ फर्किरहँदा पढाइ र जागिर गर्ने विद्यार्थीहरुले सहजै छुट्टि पाउने अवस्था नभएका कारण कतिपय जागिरे विद्यार्थीको निधार खाली रह्यो ।

विद्यार्थीहरुको त्यही बाध्यतालाई बुझेर काठमाडौँको पुरानो बानेश्वरस्थित भिमसेनगोलामा रहेको मोडर्न कन्या कलेजले बडादशैँको पूर्णिमाको दिन काठमाडौँमा भएका छात्राहरुलाई निम्ता पठायो । र बडादशैँ आफ्ना छात्राहरुसँग मनायो । सुन्दा अचम्म लाग्न सक्छ तर मोडर्न कन्या कलेजका अध्यक्षले हरेक वर्ष आफ्नो कलेजका छात्राहरुलाई टिका जमरा लगाएर दक्षिणा दिन्छन् ।  

***

यसरी सुरुवात भयो छात्राहरुलाई टिका लगाइदिने चलन 

२०६४ साल भाद्र २२ गते तत्कालीन उपप्रधान तथा परराष्ट्रमन्त्री सहाना प्रधानले समुद्घाटन गरेर शुरु भएको कलेजमा ४० जना विद्यार्थीहरुलाई अध्यापन गराइएको थियो ।

न्यून विद्यार्थी संख्या त्यसमा पनि छोरीहरु मात्रै ।

कलेज परिवार र विद्यार्थीको सम्बन्ध चेली र माइतीको जस्तै घनिष्ट बन्न पुग्यो ।

स्थापनाकालकै दशैँमा आफूहरुले वर्षभरी अध्यापन गराएका विद्यार्थीलाई कलेजले दशैँबिदाको होमवर्क मात्रै दिएन दशैँमा टिकाटालो र दक्षिणा दिने निधो गर्यो ताकि कामको सिलसिलामा दशैँको टिको थाप्न घर आफन्तकहाँ जान नपाएका आफ्ना विद्यार्थीको ओंठमा खुसी देख्न पाइयोस् ।

कलेजका अध्यक्ष प्रा. डा. रामप्रसाद दाहालले गरेको प्रस्ताव सञ्चालक समिति, प्रिन्सिपल तथा सम्पूर्ण गुरु गुरुमाले एकै स्वरले स्वागत गर्दै पारित गरे ।

हालसम्म कलेजबाट २ हजार छात्राहरु पास आउट भइसकेका छन् ।

कलेजले आफ्नो स्थापनाकालदेखि नै बिहानी शत्रमा मानविकी संकायअन्तर्गत समाजशास्त्र, पत्रकारिता, अर्थशास्त्र, मेजर ईङ्लीस तथा व्यवस्थापन संकाय अध्यापन गराउँदै आएको छ । 

***
एसईई पास भएर बिए बिबिएस अध्ययन गर्न देशका विभिन्न जिल्लाबाट काठमाडौँ आएका छात्राहरुले कलेजको यो चलन औधी मन परेको प्रतिक्रिया दिए ।

उनले थपे, “कलेजले विभिन्न प्रयोगात्मक परिक्षामा केन्द्रित फिल्ड भिजिट, अवलोकन भ्रमण, महत्त्वपूर्ण चाडपर्व तथा अवसरहरुमा आफ्ना छात्राहरुलाई सहभागी गराउँदै आएको छ ।” कलेजका अध्यक्ष प्रा. डा. दाहाल भन्छन्, सफलताको लागि सबैभन्दा ठूलो कुरा आत्मविश्वास हो । र पिरोलिएको मनमा आत्मविश्वास कसरी आउन सक्छ ? त्यसैले प्रतिस्पर्धात्मक बजारमा दृढ संकल्पसहित हाम्रा छात्राहरु अघि बढुन् भन्ने हेतुले हरेक वर्ष पूर्णिमाको दिन हामी छात्राहरुलाई टिका प्रसाद र दक्षिणा दिन्छौँ । अरुबेला किताब पढाउँछौ, चाडबाडका बेला संस्कार ।”

***

काभ्रेपलान्चोक स्थायी घर भइ काठमाडौँमा बसेर बिबिएस चौथो वर्षमा अध्ययनरत उजेली लामा मोक्तानले यो चलन नौलो लागेको र टिकाजमरा लगाउन पाउँदा कलेज परिवारले घर बिर्साइदिएको बताइन् । उनी भन्छिन्, “खुसी छु । कमसेकम घर जान नपाएको, बाआमाको हातबाट टिका लगाउन नपाएको पिडाको मल्हम यही त हो ।” 

अनि दक्षिणा नि ? लोकपथले प्रश्न तेर्सायो । बिबिएस चौथो वर्षमा अध्ययनरत जयन्ती शाक्यले २५ रुपैयाँ देखाउँदै भनिन्, “यो २५ रुपैयाँ २५ लाख बराबर हो हाम्रो लागि ।

अनि दक्षिणा नि ? लोकपथले प्रश्न तेर्सायो ।

बिबिएस चौथो वर्षमा अध्ययनरत जयन्ती शाक्यले २५ रुपैयाँ देखाउँदै भनिन्, “यो २५ रुपैयाँ २५ लाख बराबर हो हाम्रो लागि । छोरीहरुको कलेजमा मात्रै यो खुसी मिल्छ ।” 

कलेजका अध्यक्ष प्राध्यापक डाक्टर रामप्रसाद दाहालले थपे, दक्षिणाको छुट्टै महत्व छ ।

टिका लगाएपछि खाली हात फर्काउनु हुँदैन भन्ने परम्पराको निरन्तरता त हुँदै हो ।

हाम्रा धार्मिक ग्रन्थहरुले के भनेका छन् भने टिका भनेको पुरुषको प्रतीक हो अनि दक्षिणा चाहिँ महिलाको । त्यसकारण टिका जहाँ लगाइन्छ ÷चढाइन्छ, त्यहाँ दक्षिणा अनिवार्य छ ।  

स्मरण रहोस् हरेक वर्ष तिहारमा लक्ष्मीपुजाको दिन कलेजले देवकोटा जयन्ती मनाउँदै आएको छ । सोही अवसरमा कलेजका छात्राहरुले कलेज प्राङ्गणमा भैलो खेल्ने गरेका छन् । 

 


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?