राणाकालदेखि लोकतन्त्रसम्मको इतिहासलाई नजिकबाट नियालेका शताब्दी पुरुष सत्यामोहन जोशी आफै इतिहास बनेका छन् । उनको निधनले नेपाल शोकमा डुबेको छ भने देशले पनि अपूरणीय क्षती बेहोरेको छ ।
चुनाव नजिकिएसँगै भोटको लोभमा राजनीतिक दलका नेताहरु आरोप प्रत्यारोपमा उत्रीएका छन् ।
त्यस्तै, सरकारलाई डा.गोविन्द केसीको सातदिने अल्टिमेटम, टर्कीमा भएको खानीविस्फोट तथा नवौं राष्ट्रिय खेलकुदसम्बन्धी अपडेट आजको टप फिप्टिनमा समावेश छन् ।
१. शताब्दी पुरुष सत्यमोहन जोशीको आज बिहान १ सय ३ वर्षको उमेरमा निधन । राष्ट्रपति उपराष्ट्रपति, प्रधान्मन्त्री विभिन्न राजनितिज्ञका साथै विभिन्न व्यक्तित्वद्वारा श्रद्धाञ्जली व्यक्त ।
२. प्रतिगमनको खतरा अझै बाँकी रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइ, गठबन्धनमा आवद्ध दलहरु मिलेर अघि बढ्न आवश्यक रहेको उल्लेख ।
३. अहिलेको एमाले नेतृत्व तिक्डम गरेर बनेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आरोप, अब देशको प्रमुख एजेण्डा विकास निर्माण र समृद्धि हुने दाबी ।
४. केन्द्रमा पहुँच राख्नसक्ने व्यक्तिको जनताले मूल्याङ्कन गर्नुपर्ने नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको भनाइ, कांग्रेसको नेतृत्वमा मात्रै विकास सम्भव रहेको उल्लेख ।
५. सत्ता गठबन्धन नेता स्तरमा मात्रै सीमित रहेको नेकपा एमालेका नेता महेश बस्नेतको आरोप, आफ्नो निर्वाचन क्षेत्रबाट तेब्बरबढी मतले विजयी हुने दाबी ।
६. आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनलाई नै आम मतदाताले विजयी गराउनुपर्नेमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको जोड, धरापमा परिसकेको संविधान र लोकतन्त्रलाई रक्षा गरेर सत्तारुढ गठबन्धनले मुलुकलाई ठूलो दुर्घटनाबाट जोगाएको तर्क ।
७. एमाले अध्यक्ष केपी शर्मा ओली पूर्व राजा ज्ञानेन्द्रभन्दा पनि निरंकुश भएको घनश्याम भुसालको टिप्पणी, ओलीको जवरजस्तीपन र व्यक्तिवादी प्रवृत्तिले एमालेमा विचलन आएको उल्लेख ।
८. डा. गोविन्द केसीले सरकारलाई दिए सात दिने अल्टिमेटम, चिकित्सा शिक्षा आयोगमाथिको हस्तक्षेप नरोकिए सत्याग्रहसहितको आन्दोलन शुरुगर्ने चेतावनी ।
९. महिला कानुन विकास मञ्चको अगुवाइमा प्रमुख दलहरूलाई बुझाइयो ज्ञापनपत्र, नागरिकता बिहीन र सरोकारवालाहरुले चुनावी घोषणापत्रमा नागरिकता ऐन संसोधन गर्ने प्रतिबद्वता समावेश गर्न दलहरूलाई दिए दबाव ।
१०. पछिल्लो चौबिस घण्टामा थप १ हजार १११ जनामा डेंगु संक्रमण पुष्टी, डेंगु बिरामीको संख्या ४० हजार नाघ्यो, योसँगै हालसम्म डेंगुका कारण ४८ जनाको मृत्यु ।
११. साताको पहिलो दिन घट्यो सेयर बजार, नेप्से परिसूचक ९.६९ अंकले घट्दा कारोबार रकम ८० करोडमा सिमित ।
१२. दक्षिणपश्चिम कोलम्बियाको पान–अमेरिकन राजमार्गमा बस पल्टिँदा कम्तीमा २० जनाको मृत्यु १५ जना घाइते, दुर्घटनाको कारण बारे अनुसन्धान हुँदै ।
१३. टर्कीको उत्तरी बार्टिन प्रान्तमा शुक्रबार राति भएको खानी विस्फोटमा परी मृत्यु हुनेको संख्या ४० पुग्यो, केही व्यक्ति अझै बेपत्ता, खोजी कार्य जारी ।
१४. नवौं राष्ट्रिय खेलकुदअन्तर्गत प्याराग्लाइडिङको प्रतिस्पर्धाका क्रममा दुर्घटनामा परि त्रिभुवन आर्मी क्लबका निसिम थापाको मृत्यु, नेपाल नागरिक उड्यान प्राधिकरणले देशभर लगायो अनिश्चितकालका लागि प्याराग्लाइडिङमा रोक ।
१५. स्पेनिस ला–लिगा फुटबलमा आज राती दुई ठूला क्लब रियल मड्रिड र बार्सिलोना भिड्दै, दुई टोलीबीचको एल क्लासिको निकै रोचक हुने अपेक्षा ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया