चक्कु प्रहारबाट युएईमा नेपाली महिलाको मृत्यु

काठमाडौं । मदिरा सेवन गरी आफ्नै साथीलाई चक्कु प्रहार गर्दा युएईमा एक नेपाली महिलाको  ज्यान गएको छ भने तिन जना घाइते भएका छन् ।

युएईको शारहजास्थित तान्जिफ्को किल्निङ् कम्पनीमा कार्यरत नुवाकोटकी सोनी भनिने सबिना तामाङ्ले गत शुक्रबार राति मदिरा सेवन गरि धारिलो हतियार प्रहार गर्दा काठमाडौंकी सिर्जना बरालको उपचारको क्रममा मृत्यु भएको हो ।

झगडा छट्याउन गाएकी सर्लाहीकी ममता चौधरीको बाँया पिड्युमा २ र टाउको चोट लागेको छ। उनको शारहजा स्थित अल कासिमिया अस्पतालको आसियुमा उपचार भइरहेको छ । बाकी दुई जना सलिना मगर र आशा दर्जी सामान्य उपचार पछि रूममा फर्केका छन् । छुरा प्रहारबाट उनीहरूको देब्रे खुट्टा र हातमा समान्य चोट लागेको थियो ।

दशैँ मनाउने क्रममा टिकाको दिन सोनी तमाङ्सँगै काम गर्ने लक्ष्मी राई र सिर्जना बरालले अपशब्द बोलेको भन्दै समान्य विषयमा विवाद भएको र सोही विवादले गत शुक्रवार ठूलो रूप लिएको उनिहरू सँगै काम गर्नै साथीहरू बँताउछन् । मदिरा सेवन गरी सबिनाले दुबै हातमा चक्कु लिई एकतर्फी प्रहार गरेको प्रत्यक्षदर्शी शान्ता राईले बताइन् । तर, उक्त दिन लक्ष्मी राई भने दुर्घटना हुनबाट जोगिइन् । 

चक्कु प्रहार गर्ने सोनी भनिने सबिना तामाङ्लाई स्थानिय प्रहरीले हतियार सहित नियन्त्रणमा लिएको छ भने घाइते दुई सलिना मगर र आशा दर्जी प्रहरी अनुसन्धानमा रहेका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?