पुनवार्हलीको माग गर्दै सरकारी अस्थायी कर्मचारीहरु आन्दोलित

काठमाडौं । पुनर्वाहलीको माग गर्दै सरकारी अस्थायी कर्मचारीहरु आन्दोलित भएका छन् । 

मन्त्रालय तथा विभाग खारेजीको क्रममा बर्खास्त भएका तथा भुमिका विहिन भएका हजारौं सरकारी अस्थायी कर्मचारीहरु आन्दोलित भएका हुन् ।

सोमबार सिंहदरबारमा धर्ना दिँदै उनीहरुले श्रम ऐन अन्तरगत २ सय ४० दिनसम्म सरकारी सेवामा रहेर काम गरेका कर्मचारीलाई स्थायी, महंगी भत्ता बढाउने, बर्खास्तीमा परेकालाई पुनर्वाहली गर्नुपर्ने लगायत ६ बुँदे माग राखेका छन् । 

आइतबारदेखि शुरु भएको आन्दोलनमा २ हजारको कर्मचारीहरुले सहभागिता जनाएका छन् ।

आन्दोलनकारी कर्मचारीका अनुसार तिहारसम्म पनि आफ्ना माग सुनुवाइ नभए आन्दोलन चर्को रुपमा बढाउने बताएका छन् । आन्दोलित कर्मचारीहरुले आजै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबावु पण्डितलाई भेट गरी ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?